तरकारी तथा फलफूलको आजको मूल्य हेर्नुहोस्
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १७:१५:२८
५ मंसिर, काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार ३ रुपैयाँ देखी ७० रुपैयाँले बढेको छ ।कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर ३ रुपैयाले बढेर २९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।
अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेडा, लोकल काक्रो ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ । अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु गएको साता भन्दा ५ रुपैयाँ बढेर ६२ रुपैयाँ ५० पैसा कायम रहेका छ भने रातो भारतीय आलु ३ रुपैयाँले घटेर ३३ रुपैयाँ रहेको र सेतो आलु २ रुपैयाँले घटेको प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा कायम छ । भिण्डी ३५ रुपैले बढेर ११० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।
यस्तै, स्थानीय काउली १० रुपैयाँले घटेर ४५ रुपैयाँ, कागती १० रुपैयाँले बढेर १२० रुपैयाँमा किनबेच भइरहेको, २२५ रुपैयाँमा भइरहेको किवी ८ रुपैयाँले बढेर २३३ रुपैयाँ ३३ पैसा र अकबरे खुर्सानी १३ रुपैयाँले बढेर १६३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।
लोकल गाँजरको औसत मूल्य प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा घटेर ३१ रुपैयाँ, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ, चमसूरको साग ११७० रुपैयाँ, कन्य च्याउ ४० रुपैयाँले घटेर ९२ रुपैयाँमा किनबेच भैरहेको छ ।
डल्ले च्याउको भाउ घटेको छ । डल्ले च्याउ ३५ रुपैयाँले घटेर ३२४ रुपैयाँ कायम रहेको, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैया ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७० रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ ८० पैसा र हरियो धनिया ७० रुपैयाँले बढेर १८३ रुपैयाँ कायम रहेको छ । अन्य फलफूल तथा तरकारीमा सामान्य घटबढ भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार