रामेछापमा मत गणनाका लागि सर्वदलीय बैठक बस्दै
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १८:२:५६
५ मंसिर, काठमाडौं । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा मत गणना सुरु हुन सकेको छैन । मत गणनाका लागि केहीबेरमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले मतगणना गर्नको लागि सर्वदलीय बैठक बोलाइएको बताइन् । दिउँसो नै सर्वदलीय बैठक गरेर आज साँझबाट मतगणना प्रक्रिया अघि बढाइने उनले बताइन् ।
मतगणना गर्न जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि छुट्टाछुट्टै मत गणनास्थल तयार गरिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ ।
रामेछापमा एक लाख ८० हजार १०६ मतदाता रहेकामा ८८ हजार ९३३ मत खसेको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो । जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको बताएका छन् ।
रामेछापमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’, एमालेका कैशाल ढुंगेलबीच, मुख्य प्रतिस्पर्धी छन् । साथै नेकपा (एकीकृत समाजवादी)का रमेश बस्नेत, पूर्वजनमोर्चा समर्थित स्वतन्त्र उम्मेदवार रामकुमार घिसिङ, नेकपा (माले)का मोहन कार्की लगायत पनि प्रतिस्पर्धामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार