गाेरखा २ मा प्रचण्डले धाँधली गरेकाे एमाले आराेप, पुनः मतदानकाे माग गर्दै सर्वदलीय बैठक बहिष्कार
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १८:५१:५८
५ मंसिर, पोखरा । आइतबार भएको प्रतिनिधिसभातर्फ गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी धाँधली गरेको भन्दै मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)ले पुनः मतदान गर्नुपर्ने माग गरेको छ ।
क्षेत्र नं. २ मा प्रचण्डको निर्देशनमा थुप्रै मतदान केन्द्रमा धाँधली गरेको दाबी एमालेको छ । मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतले सोमबार बिहान बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ ।
यस क्षेत्रमा पुनः मतदान नगरेसम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान एमालेले लिएको छ । तैपनि अधिकृतले भने आजै दिउँसो ४ बजे पुनः सर्वदलीय बैठक बोलाएको कार्यालयले जनाएको छ ।
चितवन क्षेत्र नं. ३ का मतदाता रहेका प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उठेका छन् । उनलाई सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सरकारमा सहभागी दल नेकपा (एकीकृत समाजवादी)लगायतको समर्थन रहेको छ ।
गोरखाकै क्षेत्र नं. १ मा पनि माओवादीले धाँधली गरेको आरोप एमालेको छ । यस क्षेत्रमा पनि एमालेले पुनः मतदानको माग राखेर क्षेत्र नं. २ मा जस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार