स्याङ्जा २ की उम्मेदवार पद्मा अर्यालको पत्रकार सम्मेलनः ४ मतदान केन्द्रमा पुनः मतदान गर्न माग
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १९:३३:२३
५ मंसिर, काठमाडौं । नेकपा (एमाले)की सचिव समेत रहेकी प्रतिनिधिसभाकी उम्मेदवार पद्मा अर्यालले स्याङ्जा–१ को ४ वटा मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूले आइतबार आयाेजना गरेकाे संयुक्त पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेकी हुन् ।
सत्तारुढ गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर, हुलहुज्जत, त्रास तथा धम्की देखाएर मतपत्र कब्जामा लिएर मतदान अधिकृतको सही गराउँदै मतपेटिकामा खसालेको आरोप सचिव अर्यालले लगाइन् ।
उनले सत्ता गठबन्धनले मतदान अधिकृतलाई घेरामा पारी बुथ कब्जा गरेको उनको संगिन आरोप छ । बुथ कब्जा भएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको देखिएको पनि उनले बताइन् ।
एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले पनि पुनः मतदान हुनुपर्ने माग राखेका छन् ।
चापाकोट नगरपालिकाका चारवटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ । याे क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका धनराज गुरुङ उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार