यी हुन् घन्टीलाई अग्रता दिलाउने उम्मेदवारहरू
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार १७:२९:८
६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ८ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । काठमाडौंका तीन र सुनसरीका दुई निर्वाचन क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट घन्टी चिन्ह लिएर उठेका उम्मेदवारले अग्रता लिइरहेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले ३८५४ मतसहित अग्रता लिएकी छिन् ।
उनलाई एमालेका मणिराम फुयाँलले पछ्याइरहेका छन् । माओवादी केन्द्रकी ओनसरी घर्ती तेस्रो स्थानमा रहेकी छन् ।
यस्तै, काठमाडौं ८ मा घण्टी चिन्हका विराजभक्त श्रेष्ठ ६ हजार १ सय ८ मत ल्याएका छन् । काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले ३६ सय ६१ मतसहित अगाडि छन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसीमा कार्कीले ४९ सय १० मत ल्याएकी छिन् । उनलाई एमालेका अमृत खडकाले पछ्याइरहेका छन् ।
यस्तै, चितवन १ मा हरी ढकाल १७९२ मतसहित अग्रता लिइरहेका छन् । कास्की २ मा घन्टी चुनाव चिन्हका उम्मेदवार माधवप्रसाद कँडेल २४ सय ३१ मतसहित अग्र स्थानमा छन् । रूपन्देही २ मा गणेश पौडेल १ हजार ९६ मतसहित अघि छन् ।
नवलपरासी बर्दघाट पश्चिम १ मा घण्टीका उम्मेदवारले ३९५९ मत ल्याएका छन् । झापा ४ मा शम्भु ढकाल १७ सय ८१ मतसहित अग्रता लिइरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने चितवन २ मा तेस्रो स्थानमा परेका छन्र ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार