रामेछाप (क)मा एमालेका पौडेललाई अग्रता
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार १७:१८:२७
६ मंसिर, काठमाडौ । रामेछापको (क)मा एमालेका शान्तिप्रसाद पौडेलले लिएका छन् । मंगलबारबाट शुरु गरिएको मत गणनाको सुरुवातीमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठले अग्रता लिएका थिए । तर बुधबार बिहानबाट पौडेलले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार पौडेलले ४३३९ मत प्राप्त गर्दा श्रेष्ठले ४१४९ मत प्राप्त गरेका छन् । मत गणना जारी छ । पौडेल यसअघि वाग्मती प्रदेश मन्त्री बनेका थिए । श्रेष्ठ द्वन्द्वकालीन प्रभावशाली नेता हुन् ।
एउटै मात्र प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रदेशसभा तर्फ दुवै स्थानमा माओवादी केन्द्र र प्रतिनिधिसभा नेपाली कांग्रेसलाई भागबण्डा गरिएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि प्रतिनिधिसभातर्फ शाहीकालीन जिल्ला सभापति समेत बनेका रमेश बस्नेतलाई उम्मेदवार बनाएको छ । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान प्रमुख हुन् ।
प्रदेश (ख)मा एमालेबाट मिलनकुमार घिसिङ र माओवादी केन्द्रबाट युवराज चौलागाँइ उम्मेद्वार छन् । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार मिलनकुमार लामा उम्मेदवार छन् । उनी माओवादी केन्द्रका असन्तुष्ट पक्ष (पूर्वजनमोर्चा)को समर्थनमा उम्मदवार बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार