नारायणकाजी श्रेष्ठ भन्छन्- निर्वाचन परिणामबारे संश्लेषण आवश्यक
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार १७:५२:५९
७ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचनमा पार्टीलाई प्राप्त मत परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने बताएका छन् ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार उनले अहिलेको निर्वाचनले संस्लेषणको सन्देश दिएको बताएका छन् । यसबारे पार्टीमा बहस र छलफल हुनुपर्ने उनको तर्क छ ।
निर्वाचनको परिणामबारे अहिलेसम्म माओवादीका ठूला नेता कसैले पनि टिप्पणी गरेका छैनन् । सबैले नतिजा कुरिरहेका छन् । तर, नेता श्रेष्ठले भने बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे विश्लेषण र संश्लेषण गर्नुपर्ने तर त्यसका लागि घोत्लिन जरुरी नभएको उल्लेख गरेका छन् । उनले सबै आँधीबेरी जीवन ध्वंश गर्न नभई बाटो सफा गर्न पनि आउने बताएका छन् ।
‘निर्वाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नै पर्छ । त्यसका लागि धेरै घोत्लिनुपर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ । तर अहिले यति मात्र ।’
उनले थप भनेका छन्- ‘बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं । सबै आँधिबेरीहरु तपाईको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन् ।’
उपाध्यक्ष श्रेष्ठ पार्टीमा विचार र सांगठानिक मामिलामा अध्यक्ष प्रचण्डसँग फरक मत राख्ने नेतामा पर्दछन् । चुनावी गठबन्धन एमालेसँग गर्नुपर्ने धारणा राख्दै वामघटकबीच चुनावी तालमेलको पक्षमा मत राख्दै आएका थिए । तर अध्यक्ष प्रचण्डसहित प्रभावशाली नेताहरु कांग्रेससँग चुनावी गठबन्धन बनाउन लागिपरेपछि उनको मत गौण बन्न पुगेको थियो । सोहीबेला देखि नै उनी असन्तुष्ट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार