निर्वाचनमा हारपछि झाक्रीले भनिन्– समाजको पिँधसम्म पुगेर बुझ्ने मौका पाएँ
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार १९:४५:३६
७ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाक्रीले आफ्नो पराजयलाई सामान्य विषय भएको बताएकी छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ बाट एमालेका गोकर्ण विष्टसँग हार व्यहोरिएपछि उनले सञ्जालमार्फत निर्वाचनमा जय र पराजय सामान्य विषय भएको बताएकी हुन् । करिब २ हजार मतले हार व्यहोरेकी उनले विष्टलाई बधाइ समेत दिएकी छन् ।
उनले राजनीतिलाई गलत प्रयोग भइरहेको विषयको ज्ञान प्राप्त भएको बताउँदै ‘‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’लेखेकी छन् । उनले साढे दुई दशकमा समाजलाई गलत प्रयोग गरिएको विषय थाहा पाएको र यो गम्भीर र डरलाग्दो विषय भएको दाबी गरेकी छन् ।
झाक्री पूर्व एमाले नेतृ हुन् । एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि पार्टी नेतृत्वसँग असन्तुष्ट राख्दै अलग्गै गठन गरिएको नेकपा एकीकृत समाजवादी गठन गर्दा उनी त्यतै लागेकी थिइन् ।
यो पटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उनलाई सो क्षेत्रमा पूर्व सहकर्मी एमालेका विष्टसँग प्रतिस्पर्धा गर्न टिकट दिएका थिए ।पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथ रहने प्रतिवद्धता जनाएकी छिन् ।
झाक्रीलाई माओवादी केन्द, कांग्रेस, जनमोर्चाको समर्थन थियो भने विष्टलाई जसपा, राप्रपाको समर्थन थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार