नेपाल लाइफद्वारा ५४.७६ अर्व दावी भुक्तानी
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बिहिबार ०:७:२९
७ मंसिर, काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्व दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो ।
नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्व मृत्यु दावी, १५.२६ अर्व अवधि समाप्ति दावी भुक्तानी, र १८.५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५.९४ अर्व कम्पनीले दावी भुक्तानी गरिसकेको छ ।
बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी ९दावी भुक्तानी० गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ ।
बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार