रामेछापमा प्रदेशसभा चुनावमा पराजयपछि एकीकृत समाजवादीका बस्नेतले माफी माग्दै पार्टी छाडे
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १७:३४:३९
८ मंसिर, काठमाडौं । आइतबार सम्पन्न प्रदेशसभा (क)मा उम्मेदवार रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का उम्मेद्वार रमेश बस्नेतले नगन्य मत ल्याएका छन् ।
प्रतिनिधिसभातर्फ खसेको ९० हजार मतमध्ये १८ हजार मत गणना हुँदा रामेछापमा नेपाली कांग्रेसका कान्छाराम ८७०८ र एमालेका कैशल ढुंगेलले ६७४८ मत प्राप्त गरेका छन् । तर बस्नेतले भने जम्मा ४६६ मत मात्र प्राप्त गरेका छन् । मत गणना झण्डै ७३ हजार बाँकी छँदा कलम चिन्हबाट चुनाव लडेका बस्नेतको लजास्पद हार भएकाे छ । लज्जास्पद मत परिणामपछि उनले सामाजिक संजाल फेसबुकमा भावुक सन्देश पोष्ट गर्दै मतदातासँग माफी मागेका छन् ।
साथै उनले रामेछापमा आफू नेतृत्वको एकीकृत समाजवादी अस्वीकृत र असफल भएको बताउँदै पार्टी सदस्यहरु विस्थापित भएका स्वीकार गरेका छन् । आफ्नै कारण पार्टी र जनता तथा सहकर्मीहरु अपठ्यारोको परेको पनि उनले स्वीकार्दै जानीनजानी गरिएका भूलहरुप्रति क्षमाा मागेका छन् । पार्टीमा रहेर अर्कैका निम्ति काम गर्ने साथीहरुप्रति सम्मान व्यक्त गर्दै अन्तिम सास रहिञ्जेलसम्म सहयाेगी रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
एकीकृत समाजवादीका जिल्ला सभापतिसमेत रहेका उनी मन्थली नगरपालिकाका निवर्तमान प्रमुख समेत हुन् । एमालेमा छँदा उनी नगरप्रमुखमा निर्वाचित भएका थिए । तर पार्टी विभाजित हुँदा एकीकृत समाजवादी रोजे । जिल्ला जिम्मेवारी लिए । प्रतिनिधिसमाको चुनाव प्रचारका क्रममा उनले आफू सम्मानजनक मतसहित निर्वाचन जित्ने बताउँदै मत मागेका थिए ।
बस्नेत शाहीकालमा जिल्ला सभापति नियुक्त्रि पाएका थिए । राजन्त्र ढलेपछि केही वर्ष निष्क्रिय रहेका उनी एमाले बनेका थिए । एमालेमा नगरप्रमुख सम्मन बन्न सपफल भएका थिए ।
एकीकृत समाजवादीकाे रामेछाप जिल्ला इन्चार्ज देवशंकर पाैडेल छन् । पूर्व सांसद रहेका पाैडेल पनि पार्टी विभाजनमा एमाले त्यागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार