मकवानपुर १ मा एमालेको समर्थनमा चुनाव लडेका कमल थापा पराजित
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १९:५४:१५
८ मंसिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर २ बाट प्रतिनिधिसभा सदस्यमा पराजय स्वीकार गरेका छन् । मत गणना अन्तिम चरणमा पुग्दै गर्दा उनले हार स्वीकार गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग आफू दुःखी भएको सन्देश प्रवाह गरेका छन् ।
उनले ओलीलाई मेन्सन गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शुभकामना दिँदै आफू मकवानपुर १ मा पराजित भएको सन्देश दिएका हुन् । सामाजिक सञ्जालमा बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका छन् । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओली निर्विाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार दीपकबहादुर सिंहले २७ हजार ८१६ मत प्राप्त गरेर विजयी भएका छन् । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए । तेस्रो नम्बरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए । हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे । अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे ।
थापाले ओलीले आफूलाई विश्वास गरेको तर विश्वास जोगाउन आफू असफल भएको भन्दै दुःख मनाउ गरेका हुन् ।
मकवानपुर १ मा राजेन्द्र लिङदेन नेतृत्वकाे राप्रपाका दीपकबहादुर सिंहले बाजी मारेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ दाेस्राे स्थानमा सीमित भइन् । अध्यक्ष थापा तेस्रो स्थानमा झरे ।
‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद । तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना’ थापाले लेखेका छन् । उनले एमाले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए ।
ओलीले उम्मेदवारको टिकट दिँदा निर्वाचन क्षेत्रमा एमालेका कार्यकर्ताले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेर विरोध जनाएका समेत थिए । तैपनि टसमस नभइकन ओलीले थापालाई अगाडि बढाए । ओलीले सोचेजस्तो एमालेको मत ‘ट्रान्स्फर’ नभएकै कारण मतगणनामा थापा अगाडि आउन नसकेका चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार