३० सीटमा कांग्रेस र १७ सीटमा एमालेका उम्मेदवार विजयी
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २१:४७:१०
८ मंसिर, काठमाडौं । मंसिर ४मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
आयोगको पछिल्लो तथ्यांकनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशांक कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, सन्तोष चालिसे, राजन केसी, उदयशम्शेर जबरा, दुर्लभ थापा क्षेत्री, ई मोहन आचार्य, रामहरि खतिवडा, अजयकुमार चौरसिया पनि विजयी भएका छन् ।
विजयी अन्य उम्मेदवारमा रमेश रिजाल, श्यामकुमार घिमिरे, टेकबहादुर गुरुङ, किशोरसिंह राठोर, दिक्पालकुमार शाही, हृदयराम थानी, पुष्पबहादुर शाह, नारायणप्रसाद साउद, शंकर भण्डारी, राजेन्द्र बजगाईं, देवप्रसाद तिमिल्सिना र खमबहादुर गर्बुजा रहेका छन् ।
यसैगरी नेकपा एमाले १७ स्थानमा विजयी भएको छ । एमालेका विजयी उम्मेदवारहरुमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, गोकर्णराज विष्ट, कृष्णगोपाल श्रेष्ठ, टोपबहादुर रायामाझी, राजेन्द्रकुमार राई, लालप्रसाद (एलपी) साँवा लिम्बू, देवराज घिमिरे, अम्बरबहादुर रायामाझी, मानवीर राई, राजकुमार गुप्ता, महेशकुमार बर्तौला, प्रेमबहादुर महर्जन, विद्या भट्टराई, पदम गिरी र वासुदेव घिमिरे विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्र नौ स्थानमा विजयी भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, राजकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर विश्वकर्मा र माधव सापकोटा विजयी हुनुभएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादी छ स्थानमा विजयी भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ५ स्थानमा विजयी भएको छ । पार्टी अध्यक्ष रवि लामिछानेका साथै सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन स्थानमा जित हासिल गरेको छ । राप्रपाका धवलशम्शेर राणा, दीपकबहादुर सिंह र ज्ञानबहादुर शाही विजयी हुनुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी विजयी हुनुभएको छ भने जनता समाजवादी पार्टी (जसपा) प्रदीप यादव विजयी हुनुभएको छ । जनमत पार्टीका चन्द्रकान्त राउत, स्वतन्त्रतर्फ लालवीर चौधरी र नागरिक उन्मुक्तिपार्टीबाट गङ्गाराम चौधरी निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार