गण्डकी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रको सकियो मतगणना
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २२:१५:४०
८ मंसिर, पोखरा । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ ।
कूल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकांश स्थानमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता छ । क्षेत्र नं २ र ३ मा एमालेका क्रमशः विद्या भट्टराई र दामोदर बैरागी निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को (१) मा एमालेका खगराज अधिकारीको अग्रता छ भने (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) निर्वाचित भए । निर्वाचन क्षेत्र नं २ को (१) र (२) मा एमालेका भीम कार्की र कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भए । त्यस्तै निर्वाचन क्षेत्र नं ३ को (१) मा कांग्रेसका प्रकाश बरालको अग्रता छ । प्रदेश (२) मा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् ।
तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामचन्द्र पौडेल र शंकर भण्डारी विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः कांग्रेसका अशोक श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान विजयी हुनुभएको छ भने क्षेत्र नं २ को (१) मा एमालेका श्यामराजा महत र कांग्रेसका जितप्रकाश आले विजयी भएका छन् ।
बागलुङको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । क्षेत्र नं २ को प्रदेशसभा (१) र (२) मा कांग्रेसकै जित शेरचन र दोर्ण कुँवर विजयी भएका छन् ।
गोरखाको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः कांग्रेसका राजेन्द्र बजगाईं र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । छ भने क्षेत्र नं २ को (१) र (२) मा क्रमशः नेपाल समाजवादीका फणिन्द्र देवकोटा र कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
नवलपुरको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभामा कांग्रेसका क्रमशः डा शशांक कोइराला विजयी हुनुभएको छ भने विष्णु कार्कीको अग्रता छ । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः कांग्रेसका महेन्द्रध्वज जिसी र एमालेका रोशनबहादुर गाहा विजयी भएका छन् । क्षेत्र नं २ को (१) र (२) मा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे विजयी भएका छन् ।
लमजुङमा प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा (१) मा कांग्रेसका टकराज गुरुङ र (२) मा भेषबहादुर पौडेल विजयी भएका छन् । यस्तै पर्वतको प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा (१) र (२) मा एमालेका भक्त कुँवर र मित्रलाल बस्याल विजयी भएका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन, प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ र (२) मा विकल शेरचन विजयी भएका छन् ।
मनाङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ, प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजङग गुरुङ र (२) मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसक्नुभएको छ । यस्तै म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा (१) मा माओवादीका हरि भण्डारी र (२) मा रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन् ।
स्याङ्जाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका राजु थापाको अग्रता छ । प्रदेशसभा (१) मा एमालेकी सीता सुन्दास विजयी हुनुभयो भने (२) मा कांग्रेसका बुद्धिबहादुर राना (कुमार)को अग्रता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार