रामेछाप (क)मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार १७:६:९
९ मंसिर, रामेछाप । एउटै मात्र संघीय निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लाको प्रदेशसभातर्फ (क)मा नेकपा (माओवादी केन्द्र(का तारानारायण श्रेष्ठ विजयी भएका छन् ।
विजयी श्रेष्ठले बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) शान्तिप्रसाद पौडेललाई एक हजार १९१ मतान्तरले पराजित गरेका छन् । गएराति सम्पन्न मत गणनाअनुसार विजयी श्रेष्ठले १७ हजार १४८ र पराजित पौडेलले १५ हजार १५७ मत ल्याएका छन् ।
श्रेष्ठलाई सत्ता गठबन्धनका दल र पौडेललाई जसपा, राप्रपाको समर्थन थियो । श्रेष्ठ २०६४ को संविधानसभाका सभासद् समेत हुन् । (क)मा कांग्रेसको मत राम्रो मात्रामा ‘ट्रान्सफर’ भएको विश्लेषण् गरिएको छ ।
प्रदेश (ख) तर्फको मतगणना भने शुरु भएको छैन । (ख))मा गठबन्धनकै समर्थनमा माओवादी केन्द्रका गुन्सीका युवराज चौलागाँई उम्मेदवार छन् । गठबन्धनको भागबण्डामा दुवै प्रदेश माओवादी केन्द्र र प्रतिनिधिसभामा नेपाली कांग्रेसले लिएका थिए ।
प्रतिनिधिसभाका गठबधनबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ उम्मेदवार छन् । पछिल्लो मत गणना अनुसार एमालेका कैशाल ढुंगेलभन्दा करिब ४ हजारले अगाडि छन् । यद्यपि प्रदेश (ख)तर्फ कान्छारामको मताधार संख्या कमजोर रहेको चर्चा छ ।
(ख)मा पर्ने दोरम्बा शैलुङ, सुनपति र खाँडादेवी गाउँपालिकामा एमालेको मताधार बलियो पाइन्छ । खाँडादेवी एमालेको पकड क्षेत्र मानिन्छ । गएको वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा खाडाँदेवीमा अध्यक्ष र उपाध्यक्ष दुवै धेरै मतान्तरले एमालेले जितेको छ भने दोरम्बा शैलुङमा माओवादी केन्द्र र कांग्रेसबीचकाे चुनावी तालमेलमा अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान ‘मदन’ले एमालेका उम्मेदवार टंकप्रसाद चौलागाँईभन्दा १२० मत बढीले मात्र जितेका छन् । उपाध्यक्षमा कांग्रेसकी खमला थापामगर जितेकी छन् । माओवादी केन्द्रकै मतले थापामगर विजयी भएकी हुन् । याे गाउँपालिका कांग्रेस निकै कमजाेर मानिन्छ ।
उता सुनपतिमा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । यसरी जीत निकाल्दा एमालेसँग झिनो मतले जितेको हो ।
खाँडादेवी र दोरम्बा शैलङको तुलनामा सुनपतिमा एमालेको मताधार केही कमजोर देखिन्छ । तर माओवादी केन्द्रभित्रका पूर्व जनमोर्चा पंक्तिले कान्छारामको उम्मेदवारीप्रति असन्तुष्ट जनाउँदै प्रतिनिधिसभातर्फ रामकुमार लामालाई उम्मेदवार बनाएर चुनावी गएको अवस्था छ । यसमा कान्छारामलाई जानुपर्ने माओवादी केन्द्रभित्रका मत लामाले कटौती गर्ने र यसबाट कान्छारामलाई माओवादीबाट जानुपर्ने मत सबै नजाने आकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार