गण्डकीमा ३३ सिट टुंगाे लाग्यो, कांग्रेस १६ र एमाले ११ मा विजयी
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार २०:१:३३
९ मंसिर, पोखरा । गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सम्पन्नभएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ ।
एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ । मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ १ (क), तनहुँ २ (ख), मनाङ १ (क) मा जितेको हो । यसैगरी कास्की २ (ख), ३ (ख), नवलवुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।
एमालेले नवलपुर १ को (ख), २ (क) र (ख), कास्की १ (क), १(ख), २ (क) र ३ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ । पर्वतका दुवै क्षेत्रमा एमालेले जित निकालेको छ ।
स्याङ्जा १ (क) मा पनि एमालेले जितेको छ । माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जित निकालेको छ । तनहुँका १ (ख ) मा पनि माओवादीले जितेको छ ।
मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए ।
अब स्याङ्जाका ३ क्षेत्रको परिणाम आउन बाँकी छ । स्याङजाका २ क्षेत्रमा गणना नै सुरु भएको छैन । एक क्षेत्रको गणना अन्तिम अवस्थामा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार