दलले नपत्याएका स्वतन्त्र सांसदहरु सरकार गठनमा अमूल्य बन्दै
केदार भट्टराई (काका)
मंसिर १०, २०७९ शनिबार १८:४२:५०
१० मंसिर, काठमाडौं । देशभरबाट प्रतिनिधिसभामा हालसम्म् ५ जना स्वतन्त्र उम्मेदवारहरु विजयी भएर आएका छन् । उनीहरू दलले नपत्याएपछि स्वतन्त्रबाट लडेर पनि प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । अहिलेको अवस्थामा पाँच जना सांसद ठूला भनिएका नेपाली कांग्रेस र नेकपा एमालेका लागि बहुमुल्य हुन् । सरकार बनाउनदेखि बनेको सरकारलाई स्थिर राख्न पनि स्वतन्त्र सांसदका कुनैपनि मागलाई सम्बोधन गर्न हिचकिचाउने अवस्था कांग्रेस र एमालेसँग छैन् ।
मंसिर ४ को आम निर्वाचनले देशमा अस्थिर राजनीतिक संस्कारलाई बल पुर्याएको छ । यो निर्वाचनको नतिजाले एकल सरकार गठन गर्न सक्ने हैसियत कुनै दलको पनि देखिएको छैन् । एकल सरकार गठनको हैसियत राख्ने कांग्रेस र एमालेका लागि कुनै तेस्रो एउटा मात्रै दललाई साथमा लिएर सरकार बनाउने अवस्था पनि देखिएको छैन् । यस्तो अवस्थामा अहिले उदाएका नयाँ पार्टी र स्वतन्त्र सांसदहरुको माग दुवैतिर बढ्ने निश्चित छ ।
अहिले सत्ता गठबन्धनमा रहेका दलहरुबीचको समझदारी पछिसम्म कायम रहन्छ या रहँदैन । यो विषयमा पाँचदलीय गठबन्धनबीच छलफल भएको छैन् । तर, आगामी सरकार कस्तो र कसरी बनाउने भन्नेबारे दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले छलफल सुरु गरिसकेका छन् । ओलीलाई निर्वाचनमा गएको गठबन्धनभित्रबाट मात्रै सरकार बनाउन सहज नभएपछि उनी अहिले बाम समूहको सरकारको पक्षमा देखिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनमा रहेका दलहरुलाई थामथुम गर्दैछन् । तर, सरकार बनाउन मुख्य भूमिका खेल्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अहिलेसम्म मुख खुलेको छैन् । उनलाई सरकारका लागि ओलीले समेत निम्तो दिएका छन् । गठबन्धन कायम रहेमा यसभित्रका कोही पनि प्रधानमन्त्री बनेर सरकार गठन गर्न सक्ने अवस्था रहन्छ । यो अवस्थामा पनि अहिले आएका स्वतन्त्रहरुको साथ निकै महत्वपूर्ण हुने देखिएको छ ।
यसअघि मिलिजुली सरकार गठन गर्दा सांसद किन बेचका विषय पनि नआएका होइनन् । विगत भन्दा अहिलेको निर्वाचनले दिएको नतिजा झन खराव छ । यो स्थितिमा कांग्रेस या एमाले जसले सरकार बनाए पनि स्वतन्त्रहरुको माग पुरा गर्नेपर्ने अवस्था छ । उनीहरुले चाहेको मन्त्रालयसमेत छुटाउन नहुने अवस्थामा पुगेका छन् ठूला दलहरु । जहाँ सांसद खरिदबिक्री नहोलान भन्न सकिन्न ।
२०७४ को आम निर्वाचनमा नेकपा एमाले र माओवादी मिलेर चुनाव लड्दा उनीहरुको सरकार बनाउन स्पष्ट बहुमत आएको थियो ।तत्कालिन बाम गठबन्धनलाई सरकार बनाउन कुनै समस्या थिएन । त्यैपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइको सरकार देखाउन उपेन्द्र यादव नेतृत्वको पार्टीलाई पनि सरकारमा सामेल गराए । तर, २०७९ को आम निर्वाचनले एकल सरकारको स्वामित्व कसैलाई दिएको छैन् ।
ठूला दलका ठूलै नेताहरु पराजित भइरहँदा स्वतन्त्र उम्मेदवारी दिएर मोरङ–५ मा योगेन्द्र मण्डल, सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरण साह, रौतहट–३ मा प्रभु साह र बर्दिया–२ मा लालवीर चौधरी विजयी भएका छन् । उनीहरु प्रतिनिधिसभामा स्वतन्त्रहरुको एक समूह बनाउँदै छन् । पाँच सांसद रहेको यो समुह निर्णयकसमेत हुनसक्ने प्रवल सम्भावनाहरु देखिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पाँच जनाले जितेका छन् । प्रतिनिधिसभाका १ सय ६५ सीटका लागि ८ सय ६७ स्वतन्त्र उम्मेदवार थिए । प्रदेशसभामा भने हालसम्म ११ जना विजयी भएका छन् । प्रदेशतर्फ ३ सय ३० सीटमा १ हजार ९४ स्वतन्त्र उम्मेदवार थिए । यसकारण संघमा मात्र नभएर प्रदेशमा पनि स्वतन्त्रहरुको बोलकबोल बढ्ने देखिन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार