नयाँ सरकार गठनको तयारीसँगै भारतीय राजदूत श्रीवास्तवको दौडधुप
कुसुम सेञ्चुरी
मंसिर ११, २०७९ आइतबार १७:५४:२९
११ मंसिर, काठमाडौं । मंसिर ४ गतेको निर्वाचन परिणाम आएपछि सरकार बनाउने विषयमा छलफल अघि बढ्दै गर्दा भारतीय राजदूतको सक्रियता बढेको छ । प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धन सत्ता समीकरणको आन्तरिक गृहकार्यमा लाग्दा भारतीय राजदूतको सक्रियता बढेको हो ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएपछि पाँचदलीय गठबन्धनको बैठकको तयारी भएको हुँदा शनिवार भारतीय राजदूत नवीन श्रीवास्तवले भेटघाट गरेका छन् । उनले माओवादीका अध्यक्ष प्रचण्डलाई भेटिसकेका छन् । त्यस्तै आइतबार (आज) एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
अहिलेकै सत्ता गठबन्धनलाई कायम राख्न प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसमेत तयार रहेको अवस्थामा कांग्रेसले अर्को विकल्प खोज्ने अवस्था नभएको सत्ता गठबन्धनका एक नेताले बताए ।
सत्ता गठबन्धन टिकाउने विषयमा कांग्रेस सभापति देउवा पनि त्यसमा सहमत नै रहेका छन् । कांग्रेसले माओवादी इतरको सरकार बनाउने प्रयास गर्दा एमालेको साथ लिनुपर्ने हुँदा माओवादी र एस पार्टीले त्यसलाई अस्वीकार गर्ने अवस्था रहेको छ । स्वतन्त्र र राप्रपा लगायतका साना दल मिलाएर सरकार बनाउन गाह्रो हुने भएकोले देउवा अहिले माओवादीलाई छोड्न तयार भइसकेका छैनन् ।
चुनावअघि नै अध्यक्ष केपी ओलीले कांग्रेस र एमालेको सरकार बन्न सक्ने बारे बोलिसकेका थिए । अहिले उक्त प्रयास गर्न सक्ने भए पनि देउवा त्यसका लागि तयार भइसकेका छैनन् । माओवादी र एकीकृत समाजवादी अहिले सत्ता सौदाबाजीका लागि कमजोर शक्ति बनेका कारण देउवाले यही गठबन्धनको निरन्तरतामा सहज ठानिरहेको विश्लेषण भइरहेको छ । पाँचदलीय गठबन्धनले निरन्तरता पाउने सम्भावना भए पनि पहिलो खेपको प्रधानमन्त्रीमा भने अहिले पनि रस्साकस्सी रहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालोका लागि तयार भए पनि पहिलो खेपको प्रधानमन्त्री भने प्रचण्डलाई छोड्न तयार भइसकेका छैनन् । ‘पहिलो खेपको प्रधानमन्त्री छाड्न कांग्रेसका अन्य नेताहरु पनि तयार छैनन’, कांग्रेसका एक नेताले भने । चुनावी नतिजाले माओवादी तुलनात्मक रूपमा कमजोर देखिएपछि प्रचण्डको सौदाबाजी कमजोर हुने देखिएको छ ।
त्यसैका कारण देउवाले पहिलो खेपको प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोड्न तयार नरहेको कांग्रेस स्रोतको दाबी छ । तर, राष्टपति, सभामुखलागयतका राज्यशक्तिका पदहरूको समेत भागवण्डा गर्नुपर्ने भएकोले देउवा र प्रचण्डले पहिला साझेदारी गरेपछि पाँचदलीय गठबन्धनमा सहमति गर्ने पनि बताइएको छ ।
अहिले गठबन्धनको १ सय ४० सीट पुग्ने दाबी छ । समानुपातिक मत अझै गणनाका क्रममा रहेका कारण सीट संख्या टुंगो लागेको छैन । सत्ता गठबन्धनका दलहरूले सत्ता समीकरणलाई निरन्तरता दिने संकेत बुझेपछि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक भेटघाट अघि बढाएका छन् । देउवासँग भेट गरेलगत्तै प्रचण्डलाई भेटेका श्रीवास्तावले ओलीलाई पनि भेट्न खोजिरहेका छन् । ‘भारतीय राजदूत श्रीवास्तवले आजै ओलीलाई भेट्न सक्छन्’, दूतावास निकट स्रोतले भन्यो ।
अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई सहज हुने अवस्था देखिएको छ । पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षमा ५२ सीटमा निर्वाचित कांग्रेसले ३ सीटमा अग्रता लिइरहेको छ । दोलखा, स्याङ्जा र बाजुरामा मतगणना सुरु हुन सकेको छैन ।
यसरी प्रत्यक्षमा कम्तीमा ५७ र समानुपातिकमा ३४ सहित ९१ सीट जित्ने कांग्रेसको दावी छ । त्यस्तै १७ सीट जितेको माओवादीले एक सीटमा अग्रता लिइरहेको छ । मतगणना हुन बाँकी दोलखामा पनि जित्ने उसको दाबी छ । प्रत्यक्षमा १९ र समानुपातिकबाट १५ सहित ३४ सीट आफ्नो हुने माओवादी दावी छ ।
गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीले प्रत्यक्षमा १० सीट जितेको छ, समानुपातिकमा उसको प्रतिनिधित्व एकिन छैन । शनिबार मध्यरातसम्म एकीकृत समाजवादी २.५७ प्रतिशतमा छ । उसले ३ प्रतिशत पुर्याए कांग्रेस र माओवादीसहित एमालेले पनि एक/एक सीट गुमाउनेछन । त्यस्तै गठबन्धनलाई भने सहज देखिएको छ ।
जसले गर्दा सरकारको नेतृत्व गर्न सत्ता गठन्धनलाई सहज हुने भएपछि राजदूत श्रीवास्तवले नयाँ सरकार गठन र भावी नेतृत्वबारेको छलफलमा सहभागी भएका हुन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार