अन्तरघात आरोपमा स्याङ्जा एमालेमा कुटपिट, कार्यालय तोडफोड
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार १७:२९:४१
♦प्रकाश डोटेल
११ मंसिर, स्याङ्जा । नेकपा एमाले स्याङ्जामा अन्तरघात गरेको भन्दै कुटपिट भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार राजु थापासँग एमाले उम्मेदवार नारायणप्रसाद मरासिनी हारेपछि अन्तरघात भएको भन्दै एमालेभित्र कुटपिट भएको हो ।
कुटपिटबाट एमाले जिल्ला कमिटि सदस्य तथा पुतलीबजार नगरपालिका वडा नं. १३ का ईन्चार्ज लक्ष्मीपति सुवेदी घाईते भएका छन् । ४९ वर्षिय घाईते सुवेदीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घाईते सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । सुवेदीको टाउकोमा २ वटा टाँका लगाईएको छ । स्थानीय मेडिकल र जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि सुवेदीको पोखरामा थप उपचार गरिएको हो ।
सुवेदीमाथि सांघातिक आक्रर्मण हुँदा उनकी १८ वर्षिय छोरी विनिता सुवेदी समेत घाईते भएकी छन् । उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको स्थानीयले बताए । आक्रमणमा परेका बुबालाई जोगाउन जाँदा छोरीलाई चोट लागेको हो ।
अन्तरघातको आरोपमा कुटिएका सुवेदीले मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरीपछि कुटपिटमा संलग्नको खोजीकार्य भईरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।
सुवेदीलाई कुटपिट गर्नु पूर्व युवाहरुले एमाले स्याङ्जाको पार्टी कार्यालय तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयका कुर्चि, टेबल र झ्यालका सिसाहरु फुटेको एमाले स्याङ्जाले जनाएको छ ।
एमाले स्याङ्जाभित्र नारायण मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप चलेको छ । मरासिनी पराजित भएसँगै अर्याल समर्थित क्षेत्र नं. १ का कार्यकर्ता त्रसित बनेका छन् । त्रसित केही स्थानीय नेताले सामाजिक सञ्जालमार्फत सुरक्षाको माग गरेका छन् ।
युवाहरुले फोनमार्फत आवश्यक परे भौतिक आक्रमण गर्ने भन्दै धम्क्याउने गरेको अर्याल समर्थित कार्यकर्ताले बताएका छन् । मरासिनीलाई अन्तरघात गर्नेहरुले चुनावको अघिल्लो रात लगेको पैसा समेत नबाँढेको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार