लमजुङमा समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २०:६:२०
११ मंसिर, काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलो र कांग्रेस दोस्रो दलको रुपमा रहने भएको छ । माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले जारी गरेको अन्तिम मतगणना परिणामअनुसार नेकपा एमालेले ३१ हजार १७८ मत ल्याएको छ । नेपाली कांग्रेसले २७ हजार ७९६ मत र माओवादी केन्द्रले छ हजार ४८३ मत ल्याएको देखिन्छ ।
जिल्लामा क्रियाशील रहेको अन्य दलमा रास्वपाले आठ हजार २१७ मत, राप्रपाले दुई हजार ३०८ मत, नेकपा ९एस०ले ५९२ मत पाएको छ भने नेसनल मंगोल अर्गनाइजेशनले ४९७ मत र जसपाले २६१ मत पाएको देखिन्छ । यसैगरी नेपाली कांग्रेस९विपी०ले २१ मत पाएको छ ।
त्यसैगरी, ५० मतभन्दा बढी पाउनेमा आमूल परिवर्तन मसिहा पार्टी ७९ मत, नेकपा९समाजवादीरदलित पार्टी० ६९, जनमत पार्टी ६८ मत र राष्टिय जनमुक्त पार्टीले ५० मत पाएको छन् ।
समानुपातिकतर्फ कुल ४७ पार्टी चुनाव लडेकोमा यस जिल्लामा मत संख्या शून्य हुनेमा मितेरी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र पिछडा वर्ग निसाद दलित जनजाति पार्टी गरी तीन रहेका छन् ।
प्रत्यक्षतर्फ उम्मेदवार उठाएका दुई दल नेपाल मजदुर किसान पार्टीले १९ मत पाएको छ । त्यस्तै, कमल थापाको राप्रपाले १० मत ल्याएका छन् ।
यसअघिका निर्वाचनमा दुई सयभन्दा बढी मत ल्याउने गरेको नेकपा९माले० पनि यसपटक ४३ मा खुम्चिएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ४६ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले ३६ मत ल्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले र विवेकशील साझा पार्टीले ८/८ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ७ मत तथा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले ३ मत पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार