चुनावमा विजयी पार्टी अध्यक्ष: कसले कति मत ल्याए ?
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ सोमबार ०:१६:२३
११ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट २७ वर्षीय युवादेखि ८० वर्षीय ज्येष्ठ नागरिकसम्म सांसद निर्वाचित भएका छन् ।
यसपटक प्रायः सबैजसो पार्टीका अध्यक्षहरू समेत उम्मेदवार रहेका थिए । जसमध्ये एक जनाबाहेक सबैले निर्वाचनमा जित हासिल गरेका छन् । यहाँ उम्मेदवार भएर जित हासिल गरेका पार्टी प्रमुखहरूबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेलधुराबाट उम्मेदवार थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले चुनाव जितेका छन् ।
सभापति देउवा २५ हजार ५३४ मतसहित डडेल्धुराबाट सातौंपटक निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत ल्याएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार थिए । अध्यक्ष ओलीले यसपटक पनि झापा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जितेका छन् । अध्यक्ष प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् .
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विजयी भएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अध्यक्ष नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । अध्यक्ष केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। केसीले २१ हजार ४५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याएका थिए ।
चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई हराउँदै लामिछाने निर्वाचित बनेका हुन् ।
अध्यक्ष लामिछानेले लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ। लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराउँदै ४० हजार ६ सय ४८ मतसहित अध्यक्ष लिङ्देन विजयी बनेका हुन् । सिटौला यसपटक ३७ हजार ३ सय ७२ मतसहित दोस्रो बन ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन् । अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा० नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याएका थिए । कार्यालयले जनाएको छ ।
सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पनि चुनाव जितेका छन् । उनले जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै अध्यक्ष राउत निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।
नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ चौधरी पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी चौधरीले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी बनेकी हुन् । श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गरेकी छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १८ हजार ८९ मत प्राप्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार