स्याङ्जा २ को मतगणनालाई लिएर निर्वाचन आयूक्तहरु नै विभाजित, मंगलबार साँझसम्म निर्णय आउने
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ सोमबार १:२:१४
११ मंसिर, स्याङ्जा । निर्वाचन आयोगको अर्कमण्यताका कारण स्याङ्जा क्षेत्र नम्वर २ का मतदाताहरुमा असन्तुष्टि देखिएको छ । मंसिर ४ गते सम्पन्न भएको मतदानको मतगणना प्रारम्भ वा पुनःमतदानको बिषयमा ढिलाई गरिदिदाँ मतदाताहरुमा असन्तुष्टि बढेको हो । बिशेषगरी नेपाली कांग्रेसले बुथ कब्जा गरी मतदान गरेको आरोप लगाएर नेकपा एमालेले पुनः मतदानको माग गरेपछि विवाद उल्झिएको हो । नेपाली कांग्रेसले शान्तिपुर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको र मतपेटीका निर्वाचन कार्यालयमा बुझाईसकेकाले तुरुन्त मतगणना गर्न माग गरिरहेको छ । ९ दिनदेखि दुवै दलको आन्दोलन जारी छ ।
यसै बिषयलाई लिएर स्याङ्जा निर्वाचन क्षेत्र २ को मतगणना रोकिएको बिषयमा एक निर्वाचन आयुक्तले छानविन गर्ने नगर्ने विषयमा फरक मत राखेको सार्वजनिक भएको छ । मतदान प्रक्रियामा कुनै हुलहुज्जत नभई शान्तिपुर्वक सम्पन्न भई आउँदा पनि मतगणना ढिलो हुँदा मतदातामा वितृष्णा पैदा हुने भन्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले फरक मत राख्दै गम्भिर बिषय उठान गरेका छन् ।
मतदान अधिकृतबाट मतदान स्थलमा कुनै हुलहुज्जत लगायतका अवान्छित् गतिविधि भएको छ भनी सम्बन्धित मतदान अधिकृतले निर्वाचन अधिकृतलाई कुनै प्रतिवेदन नदिएको र मतपेटीका कानुनी प्रक्रिया पुरा गरी कातजातसहित निर्वाचन अधिकृतलाई बुझाइएको छ, आयुक्त पौडेलले फरक मत राख्दै उल्लेख गरेका छन् । प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ४५ र दफा ४६ को अवस्था उपरोक्त मतदान केन्द्रहरुमा विद्यमान नरहेको भनी निर्वाचन अधिकृतको कार्यालयबाट लेखी आएकाले मतगणना रोकिनु दुखद भएको पौड्यालले जनाएका छन् ।
उपरोक्त मतदान स्थलको विभिन्न दलबाट उजुरी भएतापनि उपरोक्त ऐनको दफा ४५ र ४६ को अवस्था विद्यमान नरहेकाले निर्वाचन अधिकृतको रायसमेत अध्ययन गर्दा आयोगबाट छानविन गर्न जरुरी नदेखिएको भन्दै आयुक्त पौड्यालले आफ्नो फरक मत दर्ज गराएको रहस्य खुलेको छ । आयुक्त पौड्यालले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन समशेर ज.व.रा.ले गरेको फरकमतमा आयोगबाट छानविन गर्न पठाउँदा नेपाल सरकारको आर्थिक स्रोत खेर जाने र मतगणना कार्य ढिलो हुँदा निर्वाचन प्रति मतदाताको वितृष्णा पैदा हुने गम्भिर बिषय उठान गरेका छन् ।
निर्वाचन आयोग नै मतदातालाई वितृष्णा फैलाउने र आयोग प्रतिको विश्वास मतदातामा घटाउने खालको काम भइरहेको समेत आयुक्त पौड्याललले आरोप लगाएका छन् । निर्वाचन आयोगले नै खटाएको निर्वाचन अधिकृत प्रति विश्वास नभएको आशंका आयुक्त पौड्यालले राखेको फरक मतबाट प्रष्ट देखिएको छ ।
तर निर्वाचन आयोगले बहुमतको आधारमा छानविन टोली गठन गरी स्याङ्जा पठाइसकेको छ । सहसचिव फणिन्द्र गौतमको टोलीले यहाँ आएर छानविन गरी आजै काठमाडौं फर्केको छ । भोलिसम्ममा टोलीले आफ्नो रायसहितको प्रतिवेदन दिने र भोलिसाँझसम्म आयोगले निर्णय गर्ने जनाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्याङ्जा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को कार्यालयले शान्तिपुर्ण मतदान सम्पन्न र सबै मतपेटीका सकुशल कार्यालयमा आएको प्रतिवेदन बुझाएको छ । यता सुरक्षा समितिले पनि जिल्लामा सामान्य घट्नाहरु भएपनि निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । देशभरीबाट मतपरिणाम सार्वजनिक गरेर सकिदा पनि यहाँको मतपरिणाम सार्वजनिक हुन ढिलाई हुँदा मतदाताहरुमा निरासा छाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार