‘न्याय चाहियो’ भन्दै सर्वोच्चको गेटमा रातो रंग छ्यापेर विरोधमा उत्रिएका दुई जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १७:४९:२८
१३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको प्रवेश द्वारमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा उत्रिएका उनीहरूले ‘न्याय चाहियाे’ भन्दै राताे रंग छ्यापेका छन् ।
‘न्याय चाहियो’ भन्दै द्वारमा रातो रंग घोलिएको बट्टा फ्याँकेर प्रदर्शनमा उत्रिएका सिरहा घर भएकी बिनु यादव र जस्मिन ओझालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ज्यास्मिन भने महिला अधिकारवादी भएको बुझिएको छ ।
बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेको खुलेको छ । पतिविरुद्ध दायर गरेको उनको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन छ । रंग छ्यापेर विरोध जनाउन कार्यालय शुरु हुने समयमा उनीहरु ट्याक्सी चढेर पुगेकी थिइन् । उनीहरूले लगाएकाे सेताे साडी रंगले भिजेकाे छ ।
महिलामाथि हुने हिंसासम्बन्धी अन्तर्राष्ट्रिय रूपमा १६ दिने अभियान चलाइराख्दा उनीहरुले मुलुककै सर्वोच्च न्यायालय परिसरमा गम्भीर प्रकृतिका विरोध भएको हो ।
सर्वोच्चको गेटमा जम्मा भएका प्रहरीहरुले जारको पानी खन्याएर रातो रंग पखालेका थिए । रंग द्वारसँगै राखिएकाे सर्वाेच्चकाे बाेर्डमा समेत लागेकाे थियाे । पक्राउ परेका दुवै जनालाइ सिंहदरबार प्रहरी वृत्तमा लगिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार