नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन र विपक्षीलाई सकस
कुसुम सेञ्चुरी
मंसिर १३, २०७९ मंगलबार १९:४७:५९
१३ मंसिर, काठमाडौं । अघिल्लो पटक केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिले संसद विघटन नहुने गरी बहुमत दिन आग्रह गर्दै निर्वाचनमा होमिएको सत्ता गठबन्धनलाई बहुमत पुर्याउन कठिन भएको छ । विपक्षी एमाले नेतृत्वको गठबन्धनलाई पनि संसदमा सामान्य बहुमत पुर्याउन पनि कठिन भएको छ ।
मंगलबार बिहानसम्मको प्रत्यक्षतर्फ जीत र अग्रता प्राप्त क्षेत्र तथा समानुपातिकतर्फ पाएको मत प्रतिशत हेर्दा दुवै गठबन्धनले बहुमत प्राप्त गर्ने अवस्था छैन । उनीहरुले अब नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सरकार गठनका लागि निर्णाय सहयोग लिन सक्छन वा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर अन्य दलको सहयोगमा सरकार बनाउन सक्नेछन् ।
सत्ता गठबन्धन आफ्नो बहुमत आउने र एमालेले एक्लै बहुमत ल्याउने दाबीसहित चुनावी मैदानमा उत्रिएका थिए । तर, तीन नयाँ दलको सशक्त उपस्थितिले उनीहरूलाई बहुमत पुर्याउन कठिन भएको हो । नयाँ दलहरूका कारण संसदमा पनि दुवै गठबन्धनमाथि दबाब पर्ने देखिन्छ । यो नतिजालाई आधार बनाउने हो भने हालसम्मको मतपरिणाम अनुसार कांग्रेसले प्रत्यक्षमा ५६ आसपास, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले चार जनमोर्चाले एक र स्वतन्त्रबाट तीन जनाले जित्ने सम्भावना छ । यसबाट सत्ता गठबन्धनले प्रत्यक्षमा ९३ क्षेत्रमा जित्ने देखिन्छ । कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङको मुद्दा अदालतमा विचाराधीन भएकाले उनी तत्काल संसद् छिर्न पाउँदैनन् ।
यो संख्या सत्ता गठबन्धनलाई सरकार बनाउनका लागि ४४ सीटले कम हुन्छ । समानुपातिकमा कांग्रेसले ३१ र माओवादीले १५ सीट ल्याउँदा बल्ल बहुमत अर्थात् १३८ सांसद पुग्छन् । यस्तो अवस्थामा एकीकृत समाजवादी र लोसपाले थ्रेस होल्ड नकटाउँदा पनि सत्ता गठबन्धनको बहुमत पुग्छ । पछिल्लो परिणाम आधार मान्दा एमालेले ४४ सीट हात पारेको छ । एमालेले नेतृत्व गर्दा उसलाई धेरै दल मिलाउनु पर्ने हुन्छ । माओवादी आएमा सरकारको नेतृत्व गर्न एमालेलाई बल पुग्ने देखिन्छ । तर अहिले त्यो संभावना निकै कमजोर बनेको छ ।
एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जसपा, राप्रपा, राप्रपा नेपाल, परिवार दल, जनता प्रगतिशील पार्टी, कांग्रेस बीपी, स्वतन्त्र समावेश छन् । एमालेले १४१ सीटमा आफूले उम्मेदवार उठाएर जसपालाई १७ र राप्रपालाई तीन क्षेत्रमा सघाएको थियो । राप्रपा नेपालका कमल थापालाई एमालेको चुनाव चिह्न नै दिएको थियो । परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक उम्मेदवार बनाएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, कांग्रेस बीपीका कर्ण मल्ल, कांग्रेसका बागी दिनेश कोइरालालाई पनि एमालेले सघाएको थियो । तर यी सबै पराजित भएपछि एमालेलाई धक्का लागेको छ ।
यसैगरी एमालेले आफूले जित्ने भनेका करिव १० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोध भएपछि झन बढी घाटा भएको छ । एमाले आफ्नै आन्तरिक मूल्यांकनमा चुकेको छ भने माओवादीले आधा भन्दा बढी सीट गुमाएको छ । २०७४ सालको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ ३६ सीट जितेको थियो तर अहिले १७ सीटमा खुम्चिएको छ । कांग्रेसले आफूलाई फराकिलो बनाएपनि सोचेजस्तो परिणामा हासिल गर्न नसक्दा सरकार बनाउन साना खुद्रा दलको साथ लिनुपर्ने अवस्था आएको हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार