अछाममा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २२:२५:१८
१३ मंसिर, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसदखत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा ब्यवसायिक बनाउदै उनीहरुको जिवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यश प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्त्त रुपमा प्रकश पारे।
कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रयकला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा उत्कृष्ट ब्यबसाय गरि अछाम शाखाबाट चेयर पर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मानपत्रबाट सम्मान गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रतापराणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए, भने कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागीहरुलाइ धन्यबाद ज्ञापन गरेको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा बोर्डका अध्यक्षबाट लोहनीले दिए राजीनामा
भदौ २८, २०८१ शुक्रबार
सूर्याज्योति इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान
भदौ १८, २०८१ मंगलबार
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
साउन २८, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार