सुदूरपश्चिम प्रदेशसभामा अधिकांश नयाँ अनुहार, काे कहाँबाट विजयी ?
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १७:२२:५
१४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको प्रत्यक्ष निर्वाचनतर्फको नतिजा आइसकेको छ। प्रदेशसभामा यसपटकको निर्वाचनबाट अधिकांश नयाँ अनुहार आएका छन् ।
कांग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना नयाँ हुन् ।
यस्तै, माओवादी केन्द्रका कैलालीबाट रमेश धामी, डडेलधुराबाट खगराज भट्ट, डोटबिाट शिवसिंह ओली, कञ्चनपुरबाट ओमविक्रम भाट,बझाँबाट भीम भण्डारी र अछामबाट झपटबहादुर साउद नयाँ अनुहार हुन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीतर्फ कैलालीबाट प्रदेशसभा सदस्यमा रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित ५ नयाँ अनुहार हुन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा कञ्चनपुरबाट वीरबहादुर थापा, बैतडीबाट सुरेन्द्र पाल र डोटीबाट चक्र मल्ल नयाँ अनुहार हुन् ।
स्वतन्त्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित डडेल्धुराका डा. तारा जोशी पनि नयाँ हुन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराबाट २ सदस्यको परिणाम आउन बाँकी छ । यो प्रदेशको समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।
मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान ४ सदस्य भने यसपटकको चुनावमा पराजित भए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार