बाजुरा र स्याङ्जाको मतगणना विवादमा आयोग बन्यो अनिर्णयको बन्दी
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १८:२२:५४
१४ मंसिर, काठमाडौं । स्याङ्जा २ र बाजुराको निर्वाचन सम्पन्न भएको १०औं दिनसम्म पनि निर्वाचन आयोगले ठोस निर्णय गर्न सकेको छैन ।
मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु एमाले र कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाइरहेको विषयमा आयोग ठोस निर्णय लिन नसक्दा अनिर्णयको बन्दी बनेको हो ।
दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि मंगलबार साँझ अबेरसम्म छलफल गरेका आयोगका पदाधिकारीहरुले कुनै निर्णय गर्न सकेनन् । पुनः छलफलमा जुटने बताएका छन् ।
स्याङजा २ मा एमालेले कांग्रेसमाथि चापाकोटका केही मतदान केन्द्रमा मरेका र देशबाहिर रहेका मानिसहरुको नाममा समेत मतदान गरेको आरोप लगाएको छ । उसले अहिलेसम्मका प्रक्रिया रद्द गरेर फेरि मतदान हुनुपर्ने मागबाट अडान छाडेको छैन । बाजुरामा बुढीनन्दाको मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागी एमालेनिकट अनेरास्ववियूका नेताको मृत्यु घटनाको छानबिन र दोषीलाइ कारबाही गर्नुपर्ने र ती मतदान केन्द्रहरूमा पुनः मतदान हुनुपर्ने माग एमालेको छ । झडपपछि त्यहाँ मतदान स्थगित छ ।
स्याङजा र बाजुराको विषयमा कांग्रेसको केन्द्रीय नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मतगणना सुरु गर्न माग गरेको छ ।
स्याङजामा मतदान र मतदानपछि सबै प्रक्रिया टुंगिएर मतदान अधिकृतले मतपेटिका समेत बुझेको र त्यसरी बुझाउँदा प्रमुख दलका प्रतिनिधिहरुले रोहवरमा हस्ताक्षर समेत गरेको भन्दै कांग्रेस मतगणना शुरु गर्नुपर्ने पक्षमा कांग्रेस रहेको छ । स्याङजामा आयोगले पठाएको सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा जाँचबुझ टोलीले प्रतिवेदन तयार पारिसकेको अवस्था छ ।
तर स्थलगत टोली पठाउने विषयमा आयोगका पदाधिकारीहरुबीच नै राय बाझिएको अवस्था छ । स्याङजामा आयोगका आयुक्तहरु नै पुनः मतदान गर्ने र नगर्ने दुई कित्तामा बाँडिएका छन् । सोही कारण मतगणना गर्ने कि फेरि मतदान गर्ने भन्नेबारे निर्णय हुन सकेको छैन।
बाजुरामा बुढीनन्दाका बाहेक अन्यत्रको मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतलाई बुझाइसकिएको छ । त्यहाँ कांग्रेस र एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरि मतदान हुनुपर्ने माग गरेका छन् । तर मतदान हुनुपर्ने भनिएका ठाउँहरु भने अलग अलग छन् ।
मतदानमा भएको विवादका कारण दोलखामा पनि मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसादको नेतृत्वमा टोली पठाएको थियो । दोलखाको हकमा आयोगले यही मंसिर १५ मा पुनः मतदान गर्ने निर्णय गरिसकेको छ । भोलि पुनः मतदान हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले, निर्वाचन प्रक्रिया रोकिएका स्याङजा र बाजुरामा पनि टोलीको प्रतिवेदनको आधारमा निर्णय हुने बताएका छन् ।
यस्तो अवस्थाबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई स्याङजा र बाजुरामा पुनः मतदानको व्यवस्था गर्न दबाब दिन छाडेका छैनन् । पुनः मतदानको प्रक्रियामा नलगेमा महाभियोगको सामनाका लागि तयार रहन समेत ओलीले निवासमै बोलाएर चेतावनी दिएका छन् । थपिलयालाई ओलीले आफू प्रधानमन्त्री छँदा प्रमुख आयुक्त नियुक्त गरेका थिए ।
स्याङजामा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस उपसभापति धनराज गुरुङ र बाजुरामा नेता बद्री पाण्डे छन् भने एमालेबाट स्याङमा सचिव पद्मा अर्याल र बाजुरामा नेता कर्णबहादुर थापा छन् ।
मंसिर ४ मा मतदान भएको यस क्षेत्रमा यतिका दिन बित्दा समेत आयोग कुनै निर्णयमा पुग्न नसकेर अनिर्णयको बन्दी बनेबाट आयोगको कार्यक्षमतामाथि नै प्रश्न उठाउन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार