विवादित क्षेत्रमा पुनः मतदानको पक्षमा माओवादी केन्द्रका नेता
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १९:९:२१
१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणनाको पछिल्लो मत परिणम अनुसार एक करोड मतगणना भइसकेको निर्वाचन आयोगको दाबी छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्थानमा छन् । समानुपातिकतर्फ एक करोड नौ लाख मत खसेको आयोगको भनाइ छ ।
तर, राष्ट्रिय पार्टी बन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै संघर्षरत छ । बरु पहिलोपटक निर्वाचनमा भाग लिएको जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ । एकीकृत समाजवादीले अहिलेसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ । यो मत राष्ट्रिय दल बन्न पर्याप्त होइन ।
कानूनअनुसार सदर मतको ३ प्रतिशत मत संख्या पुर्याउने दललाई मात्र राष्ट्रिय दल मान्न सकिन्छ । त्यसकारण एकीकृत समाजवादी यसबाट वञ्चित हुने संभावना बढेको छ । अबदोलखा, बाजुरा र स्याङ्जा २ मा मात्र मतगणना गर्न बाँकी छ । मतदान सकिएपनि दलहरुको आरोपप्रत्यारोपका कारण मत गणना शुरु हुन सकेको छैन । दोलखाका १० मतदान केन्द्रमा भोलि शुक्रबार पुनः मतदान हुँदैछ । स्याङजा र बाजुराको कुनै टुंगो लागेको छैन ।
यस्तो अवस्थाबीच सत्ता गठबन्धनका सहयात्री दल नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गर्नुपर्ने तर्क अगाडि सारेका छन् ।
नेता शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत सो धारणा अघि सारेका हुन् । उनले मत गणना हुन नसकेका क्षेत्रमा पुनः मतदान प्रक्रियामार्फ मतदान गरेर एकीकृत समाजवादीलाई सहयोग गर्नुपर्ने बताए ।
‘गठबन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौ । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी)लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं’ शर्माले स्टाटस लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार