बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २०:२२:२७
१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्न निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले दुई जिल्लामा पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेपछि यस्तो निर्देशन दिइएको छ ।
यी दुई क्षेत्रमा मुख्य दलहरुबीच बुथ कब्जाको आरोपप्रत्यारोका कारण मतदान मंसिर ४ गते मतदान सम्पन्न भएपनि मतगणना शुरु हुन सकेको थिएन । नसकेपछि आयोगले केन्द्रबाट सहसचिवको नेतृत्वमा जाँचबुझ टोली पठाएर प्रतिवेदन समेत तयार पार्न कार्यादेश दिएको थियो । टोलीले बुझाएको प्रतिवेदनमाथि आज बैठकमा छलफलपछि मतगणना शुरु गर्ने निर्णय लिएको हो ।
मुख्य दलमध्ये स्याङजा २ मा नेकपा (एमाले)ले पुनः मतदान गर्नुपर्ने अडान राखेको थियो भने सत्ता गठबन्धनले भने मतगणना शुरु गर्नुपर्ने माग राख्दै आएको थियो । बाजुरामा पनि दलहरु यही अवस्थामा थिए । यस्तो अवस्थाबीच आयोगले मतगणना गर्ने पक्षमा निर्णय लिएको हो ।
स्याङजा २ मा सत्ता गठबन्धनमा आवद्ध दलहरुको समर्थनमा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेबाट पार्टीकी सचिव पद्मा अर्याल उम्मेदवार छन् ।
यस्तै, बाजुरामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बद्री पाण्डे र एमालेबाट कर्णबहादुर थापा उम्मेदवार छन् । विवादित क्षेत्रमध्ये आयोगले दोलखामा भने विवादित मतदान केन्द्रमा भोलि शुक्रबार पुनः मतदान गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार