आजको खेल हारे अर्जेन्टिनाको अवस्था के हुन्छ ?
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २०:२९:२३
१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेलमध्ये एउटा खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति १२ः४५ बने हुनेछ ।
समूह ‘सी’ तर्फका मेक्सिको र साउदी अरेबियाबीचको खेल पनि सोही समयमा हुनेछ । आजको खेलबाट यो समूहका खेल जित्ने दुई टिम अन्तिम १६ मा पुग्ने टुंगो लाग्नेछ । हार्ने टिम समूह चरणबाटै घर फर्कनेछन् ।
विश्वकपको दाबेदारका रुपमा हेरिएको अर्जेन्टिनालाई आजको खेल जित्नै पर्ने बाध्यता छ । किनकि अंकको हिसाबले उसलाई यो बाध्यता आइलागेको हो । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेयियासँग १–२ गोलले हारेको थियो । त्यसपछिको खेलमा भन उसले मेक्सिकोलाई २–० ले हरायो ।
मेक्सिकोलाई निल हर्थात २–० गोल अन्तरले हराएका कारण उसको नकआउट चरण अर्थात अन्तिम १६ मा प्रवेशसको संभावना त जीवितै छ, तर आजको खेलमा मेक्सिको जितेमा अर्जेन्टिना अंकतालिकामा तल पर्नेछ । दुई खेलबाट ३ अंक मात्र रहेको अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्न पोल्याण्डलाई हराउनै पर्नेछ । अर्जेन्टिनाका विश्वप्रख्यात खेलाडी लियाेनल मेस्सीको खेल पोल्याण्डका रोवर्ट लेवान्डोस्कीसँग पर्दैछ ।
यदि पोल्याण्डसँग बराबरी खेलेमा अर्जेन्टिनाको नकआउट चरण मेक्सिको र साउदी अरेवियाबीचको खेलको नतिजामा निर्भर रहनेछ । साउदी अरेवियाले जितेमा उ पनि अन्तिम १६ मा पुग्नेछ ।
यस्तै साउदी अरेवियामाथिको जितले मात्र मेक्सिकोको नकआउट चरण यात्रा तय हुने छैन । उसले अर्जेन्टिना र पोल्याण्डको नतिजामा निर्भर रहनेछ । साउदीलाई हराएर मात्र पुग्दैन, अर्जेन्टिना पोल्याण्डसँग हारेमा मात्र मेक्सिको नकआउट चरमणमा स्थान पाउनेछ ।
यदि अर्जेन्टिनाले हार व्यहोरेको खण्डमा साउदीले मेक्सिकोलाई बराबरीमा रोकेमा साउदीले नै नकआउट चरणमा प्रवेश पाउनेछ । खेल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार