स्याङ्जा २ र बाजुराको मतगणना शुरु हुँदै, दोलखामा भोलि पुनः मतदान
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २३:१:२१
१४ मंसिर, काठमाडौं । दलहरुबीचको विवादका कारण मतगणना हुन नसकिरहेका स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना आज रातिबाट शुरु हुने भएको छ । त्यसनिम्ति सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताएका छन् ।
दुइटै क्षेत्रमा मतपेटिका संकलन भइसकेकोले सर्वदलीय बैठक राखेर मतगणना शुरु गरिने जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले विवादपछि शुरु हुन नसकेका स्याङ्जा र बाजुराको मत गणना आजै सर्वदलीय बैठक सकेर सुरु हुने बताए ।
कांग्रेस र एमालेका उम्मेदवारबीच एकले अर्कोलाई बुथ कब्जाको आरोप लगाएर विवाद गरेपछि स्याङ्जाको मत गणना स्थगित भएको थियो भने बाजुरामा मतदानका क्रममा झडप भएपछि पुनः मतदान भएको थियो ।
बाजुरामा गठबन्धनको समथृनमा कांग्रेसका बद्रि पाण्डे र एमाालेबाट कणृबहादुर उम्मेदवार छन् भने स्याङजा २ मा कगठबन्धनकै समर्थनमा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेबाट सचिव पद्मा अर्याल उम्मेदवार छन् । अर्यालले यही मंसिर ४ गते भएको निर्वाचनका दिन स्याङ्जा क्षेत्र नम्बर २ का केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले पुन मतदान गराउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइकी थिइन् । बाजुरामा पनि यही अवथा थियो ।
तर निर्वाचन आयोगले आज बैठक बसेर दुवै क्षेत्रमा मतगणना सुरु गर्ने निर्णइ गर्दै मुख्य निर्वाचन अधिकृतलाई मतगणना शुरु गर्न निर्देशन दिइसकेको छ ।
दोलखामा पुनः मतदान भोलि
यसैबीच मंसिर ४ का दिन मतदान हुँदा केही मतदान केन्द्रमा झडप भएपछि स्थगित भएका केन्द्रहरुमा भोलि शुक्रबार मतदान हुँदैछ । मतदान गर्ने समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।
स्याङजा र बाजुरामा झैं आयोगले दाेलखा विवादको चुरो पत्ता लगाएर प्रतिवेदन बुझाउन सहसचिवको नेतृत्वमा जाँचबुझ टोली पठाएर स्थलगत रिपोर्ट बुझेको थियो । प्रतिवेदनमाथि छलफल गरेर आयोगले सोमबार मात्र दोलखाका विवादित मतदान केन्द्रहरुमा पुनः मतदान गर्न निर्देशन दिएपछि पुनः मतदानको प्रक्रियामा गएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार