अवैध लागूऔषधसहित चाैधरी पक्राउ
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २३:२२:५४
१४ मंसिर, काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । अर्का एकजना फरार भएका छन् ।
काठमाडौं महानगरपालिका–३२ बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका–१५ ठेगाना भएक ३० वर्षीय प्रदिपकुमार चौधरीलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई मंगलबार पक्राउ गरेको हो । उनीउपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुर, मनहरी गाउँपालिका–६ कत्ले खोलास्थित सडकमा डब्लुबी ५९ सी ६७३५ भारतीय नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा ७९ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार