गृहमन्त्री खाँणकै गृहजिल्लामा कांग्रेस पराजयले पार्टीभित्रै आरोप-प्रत्यारोप
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २३:२८:३४
१४ मंसिर, काठमाडौं । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस रुपन्देहीमा शर्मनाक हार व्यहोरेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा एउटा सीट पनि कांग्रेसले जित्न सकेन । जबकि २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच वाम गठबन्धन हुँदा पनि कांग्रेसले रुपन्देही ४ र ५ मा प्रतिनिधिसभा सदस्य जितेको थियो । यसपटकाे हारपछि पार्टीभित्रै आरोप-प्रत्यारोप श्रृंखला शुरू भएकाे छ ।
यसपटक गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण आफैं रुपन्देही ३ बाट चुनावमा उठेका थिए । तर, उनले समेत निर्वाचन हारे । कांग्रेस सरकारमा रहँदा गराएको निर्वाचनमा गृहमन्त्री पराजित भएको शृंखला खाँणले पनि अगाडि बढाएका छन् । उनलाई राप्रपाका दीपक बोहराले पराजित गरे । रुपन्देही ५ बाट सधैं जित्दै आएका भरतकुमार शाहसमेत यसपटक पराजित भए । उनी सार्वजनिक लेखा समितिका पूर्वसभापतिसमेत हुन् ।
बहालवाला गृहमन्त्रीकै गृहजिल्लामा कांग्रेस प्रतिनिधिसभातफू शून्य भएपछि नेता कार्यकर्ता रुष्ट भएका छन् । नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्।
कांग्रेसले हार बेहोरेपछि पार्टीभित्र आरोप प्रत्यारोप सुरू भएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्वलुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्वमहाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, कांग्रेस पूर्वक्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंलगायतले विज्ञप्ति जारी गर्दै अन्तर्घातको आरोपप्रति आपत्ति जनाएका छन्।
गृहमन्त्री खाण निकट कार्यकर्ताले संस्थापनइतर समूहकै अन्तर्घातका कारण पराजय बेहोरेको आरोप लगाएका थिए । त्यो आरोपको संस्थापनइतर समूहले प्रतिवाद गरेको हो ।ख
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार