भिभोकाे पाचौंँ वार्षिकोत्सवमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल आयोजना
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १८:४८:४१
१६ मंसिर, काठमाडाैं । एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आज नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो ।
पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना प्यारो उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट शुरु गरेको हाे ।
भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र रु ३०,००० भन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउने जनाइएको छ ।
यसका लागि लक्की ड्र मा सहभागी हुन् ग्राहकहरुले www.vivodashain.com वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउँन सक्नेछन् ।
पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा रु.१००० ले घटाइएको छ । त्यस्तै वाई१५एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ । यससंगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः रु २१ हजार ९९९, रु १८ हजार ४९९ र रु.१६ हजार ४९९ रहेको छ ।
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकले भने, “नेपालमा हाम्रो पाँचौं वार्षिकोत्सव मनाउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ । यो एक अद्भुत अनुभव हो, र हामी हाम्रा प्रिय उपभोक्ताहरूको माया र समर्थनको लागि सदैव आभारी छौं र उनीहरुका लागि सेल्स कार्निभलमार्फत आकर्षक अफर र उपहारहरु प्रदान गर्न चाहन्छौं । हामीले भिभोको यात्रामा हाम्रा ग्राहकवर्ग, साझेदारहरू, वितरकहरू र खुद्रा विक्रेताहरूबाट धेरै माया र समर्थन पाएका छौं । र, हामी नेपालमा अझ उत्कृष्ट सेवाहरू प्रदान गर्न जारी राख्नेछौं ।”
भिभो “मोर लोकल, मोर ग्लोबल” अवधारणाबाट निर्देशित ब्रान्ड हो जसले स्थानीय प्रतिभा, संस्कृति र उपभोक्ताका विकासशील प्राथमिकताहरूलाई सम्मान गर्छ । ब्रान्डले हालै स्टाइलिश र परिष्कृत भी२५ सिरिज, लोकप्रिय वाई१६ र वाई२२एस, साथै वाई३५ सहित धेरै उल्लेखनीय र शक्तिशाली उपकरणहरू लन्च गरेको छ, जसले यस क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको छ । यसका अतिरिक्त, भिभोले प्रयोगकर्ताहरूलाई सम्भव भएसम्मको उत्कृष्ट अनुभव सुनिश्चित गर्न विभिन्न पहल र सेवाहरू पनि प्रदान गर्दछ ।
साथै, भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म “भिभो सर्भिस डे” संचालन गर्दछ जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध हुन्छ ।यो योजना मंसिर १५ गतेदखि पुष १६ गतेसम्म लागू हुनेछ जहाँ उपभोक्ताहरूले सहभागी भएर आकर्षक अफरहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार