नवलपुर अदालतकाे फैसलाः ‘विवाहित छाेरीलाई अंश पाउने अधिकार छ’
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २१:४६:१७
१६ मंसिर, काठमाडौं । विवाह भइसकेकी छोरीले बाबुआमा वा अंशियारसँग अंशको मागदाबी गरिन् भने त्यस्ता छोरीले अंश पाउने फैसला नवलपुर जिल्ला अदालतले गरेको छ ।
अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अंश मुद्दामा छोरी विवाहित भएपनि नभएपनि अंश पाउने अधिकार छोरालाई मात्र नरहेको फैसला थरेको हो । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने सोच पितृसत्तात्मक रहेको ठहर समेत गरिएको छ ।
बागलुङको जैमिनी नगरपालिका-९, लामुखुरे स्थायी ठेगाना भएका गंगाबहादुर थापा र आमा चन्द्रा थापाकाे रोजगारीको सिलसिलामा भारतमै मृत्यु भएकाे थियाे । उनीहरूबाट दुइ छाेरी सीमा र ज्याेती थापा जन्मिइन् ।
दुवै जनाकाे मृत्यु भएपछि भारतमा रहेकी दुई छोरीलाई अंश नदिई आफ्नै बुबाको नाममा रहेको जग्गाजमिन आफ्नै हजुरआमा नैनाकला थापाले अंशियार नरहेको भनी झूठो दाबी लिई आफ्नो नाममा बनाएको भन्दै अंश पाउन २०७५ फाुगन १२ मा नवलपुर जिल्ला अदालतमा सीमा र ज्याेतीले हालेकाे मुद्दामा अदालतले २०७९ भदौ २७ मा यस्तो फैसला सुनाएको हो ।
न्यायाधीश आचार्यको इजलासले फैसला सुनाउँदै विवाह भए पनि छोरीहरुलाई समेत अंश दिनुपर्ने ठहर गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार