त्रिशुली जलविद्युत्को आईपीओको बाँकी किस्ता तिर्ने म्याद थपियो
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार १६:४७:५९
१८ मंसिर, काठमाडौं । सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर ९आईपीओ०मा चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको छ। कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म आईपीओ जारी गरेको थियो ।
कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो। यो सेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। यो सेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो।
यो सेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गरेको थियो। यस अवधिमा आवेदन नदिएका ४६ हजार १७९ जना सर्वसाधारण सेयरधनीहरूलाई भुक्तानीका लागि म्याद थपिएको थियो ।
बाँकी ८७ रुपैयाँमा रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८ प्रतिशतका दरले लाग्ने प्रतिसेयर ब्याजदर रकम १ रुपैयाँ ७४ पैसा थप गरी भुक्तानी हुन बाँकी रकम ८८ रुपैयाँ ७४ पैसा मंसिर १८ गते अर्थात आजदेखि फागुन १७ गतेसम्म भुक्तानी गर्न माग गरेको छ।
यस अवधिसम्ममा रकम नबुझाउने साविक सेयरधनीहरूको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी शेयर जफत गरिने कम्पनीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार