धनराज गुरुङलाई बधाई दिँदै पद्मा अर्यालले किन लेखिन् यस्तो पत्र ?
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २०:१९:५९
१८ मंसिर, काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्याललले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई एक सार्वजनिक सन्देश लेखेकी छन् । सचिव अर्यालले आफ्नो फेसबुक पेजमा लामो पत्र लेख्दै चुनावी परिणामलाई भावुक रुपमा पस्केकी छन् ।
गुरुङ यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभातर्फ स्याङजा क्षेत्र नं. २ बाट विजयी भएका छन् । अर्याललाई गुरुङसँग ठूलो मतान्तरले पराजित भएकी छन् । तर, अर्यालले पत्रमा आफ्नो पराजय स्वीकारेपनि गुरुङको विजयलाई ‘बुथ कब्जा’बाट भएको गम्भीर आरोप लगाउन छाडेकी छैनन् ।
यसअघि उनी र उनको एमालेको गण्डकी पार्टीले अन्यत्र क्षेत्रमा झैं यहाँ पनि मतदान स्वतन्त्र र निष्पक्ष नभएको, चापाकोटका केही मतदान केन्द्रमा धाँधली भएको भन्नै पुनः मतगणनाके बखेडा झिकेकै कारण मतदान भएको १० दिनपछि मात्र मतगणना भएको थियो । लोकतन्त्र र सामाजिक राजनीतिको पक्षमा उभिएकी दाबी गर्दै आएकी अर्यालले मतगणना गर्न निर्वाचन आयोगको निर्देशनपछि पनि सर्वलदलीय बैठक बस्न मानेकी थिइनन् ।
सन्देशमा अर्यालले पार्टी, विचार र सिद्धान्त अलग अलग रहेपनि जिल्लामा गर्नुपर्ने विकास लक्ष्य र जनताका आकांक्षाका थुप्रै काम बाँकी रहेको जनाउँदै आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका लागि आफू तयार रहेको बताएकी छन् । उनले मतदाताको आकांक्षा र आवश्यकता तथा युवाहरुको युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगायन सकिने वातावरण बनाउन समेत आग्रह गरेकी छन् ।
उनले गुरुङलाई सफल कार्यकालको शुभकामना दिँदै लेखेकी छिन्– ‘खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबै कुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरीअगाडि बढ्न प्रतिवद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन, तिनलाई पूर्णताः दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवश्यक छन्, त्यसका लागि हरदम साथ दिन तयार छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार