‘अधिकारकर्मी’ जस्मिन ओझामाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २२:३६:११
१८ मंसिर, काठमाडौं । पतिबाट भएको हिंसाबाट पीडित भनिएकी विनु यादवको मुद्दामा वकालत गरेको भन्दै जस्मिन ओझामाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । अदालतबाट न्याय नपाएको भन्दै केही दिनअघि सर्वोच्च अदालतको मुख्य द्वारमा रातो रंग छ्यापेर प्रदर्शनमा उत्रिएकी यादवले सर्वोच्चमा दायर रिट निवेदन विचाराधीन छ ।
सर्वोच्चको गेटबाट यादव तत्काल पक्राउ परिन् । उनलाई अधिकारकर्मी बताउने जस्मिन ओझाले साथ दिइरहेकी छन् । यही अवस्थाबीच विनु यादवको पक्षमा लागेको भन्दै आफूमाथि दैनिक सुरक्षा थ्रेट भइरहेको अधिकारकर्मी ओझाले बताएकी छन् । केही दिनदेखि उनको मोबाइल फोनमा अज्ञात व्यक्तिले विनु यादवको पक्षमा बोलेको भन्दै उनलाई धम्की आउने गरेको छ ।
आइतबार दिउँसो उनीमाथि भक्तपुरको बालकोटमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । आफू पठाओका लागि कुरिरहेको बेला पछाडिबाट ढुंगा हानेर व्यक्ति फरार रहेको ओझाले बताइन् । ढुंगा हान्ने व्यक्ति चिन्न नसकेकाे बताइन् ।
‘म बालकोटबाट फर्कदै थिएँ । पठाओका लागि सडकमा उभिरहँदा पछाडिबाट ढुंगा प्रहार भयो । शनिबार राति एकजनाले भोलि जे पनि हुन सक्ने भन्दै धम्की दिनु र आज ढुंगा प्रहार हुनुले विनु यादवको पक्षमा आवाज उठाएकाले मलाई टार्गेट गरिएको हो,’ उनले भनिन् । आफूले जीउज्यानको सुरक्षाका लागि प्रहरीमा निवेदनसमेत दिँदा समेत सुरक्षा नपाएकाे उनले बताइन् । ओझा एमालेनिकट अनेरास्ववियु नेतृ पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार