कृषि वन विश्वविद्यालयका विद्यार्थी आन्दोलित, पदाधिकारी हराएको सूचना टाँस
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २३:३६:२
१७ मंसिर, चितवन । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन् ।
विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका पदाधिकारी हराएको भन्दै सूचना टाँस गरेको हो ।
विगत ८ दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले भरतपुरको मुख्य मुख्य ठाउँहरू पोखरा बसपार्क, पुल्चोक, शहिदचोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस, चौबसीकोटी, सप्तगण्डकी, हाकिमचोक, पारस बसपार्क लगायत क्षेत्रमा ‘पदाधिकारी हराएको’ सूचनासहितको पोष्टर टाँस गरेका हुन् ।
विश्वविद्यालयका पदाधिकारीले आफूहरूको आवाज नसुनेको भन्दै छैटौं दिन सिट्टी फुकेर विरोध गरेका विद्यार्थीले सातौं दिन एसएमएस गरेर खोज्ने प्रयास गरेका थिए । त्यसपछि पदाधिकारी सम्पर्कमा नआएको भन्दै आठौं दिन पदाधिकारी हराएको सूचनासहितको पोष्टर ठाउँ(ठाउँमा टाँस गरिएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।
अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु ९छैटौं०ले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार