एमालेसँगको सहकार्य समाप्त : उपेन्द्र यादव
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २३:४५:१८
१८ मङ्सिर, विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा (एमाले)सँगको सहकार्य सकिएको बताएका छन् । ४ मंसिरको चुनावका जसपाले एमालेसँग केही सिटमा तालमेल गरेको थियो ।
आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य समाप्त बताएका हुन् । ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स समाप्त भएको छ’ अध्यक्ष यादवले भने ।
यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा संघ र प्रदेशमा एउटै नीति लिने पनि यादवले जानकारी दिए ।
यही मंसिर ४ मा भएको चुनावमा यादवले सप्तरी क्षेत्र नं. २ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसँग फराकिलो मतान्तरले पराजय व्यहोरेका थिए । उनकाे हकमा एमालेबाट पूरै भाेट ‘ट्रान्सफर’ नभएकाे जसपाका नेता कार्यकर्ताकाे भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार