चुनाव सम्पन्नसँगै जाडो छल्न हिँडे मनाङवासी
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २३:५५:१
१८ मंसिर, काठमाडौं । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि मनाङवासी बेसी झर्न थालेका छन् । जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । यस वर्ष निर्वाचनको समय परेकाले जाडो बढ्दै गएको अवस्थामा जिल्ला भित्रिएका मनाङवासी चुनाव सकिएसँगै बेसी झरेका छन् ।
मनाङमा चिसो बढ्न थालेपछि मनाङवासी काठमाडौं, पोखरालगायतका स्थानमा जाडो छल्न गएका प्रमख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘मनाङवासी जाडोमा हिउँ पर्ने हुँदा चिसोको समस्या टार्न जिल्ला बाहिर जाने गर्दछन्’ उनले भने, ‘यस पटक निर्वाचनले गर्दा अलि ढिला गरी मनाङवासी बेसी झरेका छन् ।’
कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेसी जाने समय हो । तर यस पटक निर्वाचन सकिएपछि झरेका प्रजिअ आचार्यले बताए । ‘हिउँ पर्ने समय भएको छ । चिसो खानेपानी जम्ने गर्दछ । यसले गर्दा पनि बाहिर जान उहाँहरुको बाध्यता हो। उनले भने ।
मनाङवासी करिब चार महिनाका लागि जिल्ला बाहिर जाडो छल्न जाने गरेको आचार्य बताउँछन् । ‘खाद्यान्न ढुवानी गर्न, खानेपानी जम्ने भएकाले पनि मनाङवासी बाहिर जान बाध्य हुन्छन्’ उनी भन्छन् । यस सातासम्म पर्यटकको कम मात्रामा भए पनि आवतजावत चलिरहेको उनले बताए ।
‘केही पर्यटन व्यवसायी भने यहाँ पर्यटकको आवत जावत हुँदासम्म बसोबास गर्नुहुन्छ”, पर्यटक आवतजावत रोकिएको अवस्थामा उनीहरु पनि जिल्ला बाहिर जान सक्ने सम्भावना रहेको भन्दै उनले बताए । जाडो मौसममा मनाङ प्राय सुनसान रहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार