निर्वाचन आयोगले २८ मंसिरभित्र राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १७:२७:२६
१९ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे नतिजा प्रमाणीकरणका लागि यही मंसिर २८ गतेभित्र अन्तिम नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने भएकाे छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकाे प्रत्यक्षतर्फकाे नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै यस्ताे तयारी थालेकाे हाे । प्रतिनिधि सभाका १६५ र प्रदेशका ३३० क्षेत्रमा यही मंसिर ४ मा निर्वाचन भएको थियाे ।
अहिले समानुपातिकतर्फको बाजुरा, दोलखा र स्याङजा गरी ३ जिल्लाको मत गणना जारी रहेकाले आज राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको आयाेगले जनाएकाे छ ।
७ दिनसम्मको समय दिन मिल्ने भएपनि समानुपातिककाे अन्तिम नतिजा आउनेवित्तिकै आयोगले राजनीतिक दलहरुलाई समानुपातिकमा निर्वाचित हुने नाम ३ दिनभित्र पठाउन म्याद दिने भएको छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस ५७, एमाले ४४, माअाेवादी केन्द्र १८, एकीकृत समाजवादी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७, जनता समाजवादी पार्टी (जसपा) ७, नागरिक उन्मुक्ति ३, नेकिमपा १, जनमत पार्टी, हानेपा १ र १, जनमाेर्चा १ तथा स्वतन्त्र ५ सिटमा जीत हासिल गरेका छन् ।
देशसभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, ९० सिट जितेर एमाले दोस्रो, ५३ स्थानमा जितेर माओवादी केन्द्र तेस्रो दल बनेको छ । चाैथाेमा रास्ववा, पाँचाैंमा राप्रपा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार