आम निर्वाचन २०७९ को प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १९:१२:२८
१९ मंसिर,काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरेको छ । आयोगले दोलखा जिल्लाको मतगणना सकिए लगत्तै प्रत्यक्ष तर्फका १६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।
अन्तिम मतपरिणाम दोलखाको सार्वजनिक हुँदा त्यहाँ माओवादीका उमेदवार विजयी भएका छन् । प्रदेशतर्फ एउटामा एमालेका उम्मेदवार भरतबहादुर केसी र अर्कोमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित भएका छन् । अन्य क्षेत्रको मतरिणाम अगाडी नै आएपनि स्याङजा क्षेत्र नम्बर २, बाजुरा र दोलखामा विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएको थियो ।
आयोगद्वारा सार्वजनिक अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये ५७ क्षेत्रमा जित निकालेको छ । ५७ सीटसहित कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएको छ । ४४ निर्वाचन क्षेत्रमा जित निकाल्दै नेकपा एमालेका दोस्रो ठूलो दल भएको छ भने तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ निर्वाचन क्षेत्रमा जितेको छ ।
नेकपा एककीकृत समाजवादीका उमेदवारले १० वटा निर्वाचन क्षेत्रमा जित निकालेका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले समान ७÷७ क्षेत्रमा जित हासिल गरेका छन् । लोकतान्त्रिक समाजवादी (लोसपा)का उमेदवारले ४, नागरिक उन्मुक्ति पार्टीका उमेदवारले ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवारले १÷१ क्षेत्रमा जितेका छन् । पाँच क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका निर्वाचित सांसद
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४. काठमाडौं–३ – सन्तोष चालिसे,
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत–२ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख–२ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०. स्याङ्जा–१ – राजु थापा
४१. गुल्मी–१ – चन्द्र भण्डारी
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३. मोरङ–३ – डा. सुनील शर्मा
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दीपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त
४८. सप्तरी–४ – तेजुलाल चौधरी
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
५१. मोरङ–१ – डिगबहादुर लिम्बू
५२. रामेछाप – पूर्णबहादुर तामाङ
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
५४. उदयपुर–१ – डा. नारायण खड्का
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
५६. स्याङ्जा–२ – धनराज गुरुङ
५७. बाजुरा – बद्रीप्रसाद पाण्डे
नेकपा एमालेका निर्वाचित सांसद
१. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर–२ – प्रेमबहादुर महर्जन
४. गुल्मी–२ – गोकर्ण विष्ट
५. झापा–२ – देवराज घिमिरे
६. झापा–५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा–४ – एलपी साँवा लिम्बू
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ
२५. कास्की–३ – दामोदर पौडेल
२६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
३४. बारा–३ – ज्वालाकुमारी शाह
३५. बारा–१ – अच्युत मैनाली
३६. पाल्पा–२ – ठाकुर गैरे
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८. धनुषा–३ – जुलीकुमारी महतो
३९. सुनसरी–२ – भीम आचार्य
४०. इलाम–२ – सुवास नेम्वाङ
४१. महोत्तरी–१ – लक्ष्मी महतो
४२. इलाम–१ – महेश बस्नेत
४३. धनुषा–४ – रघुवीर महासेठ
४४. सुनसरी–३ – भगवती चौधरी
नेकपा माओवादीका निर्वाचित सांसद
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३. बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ–४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. सर्लाही–२ – महिन्द्र राय यादव
१८. गंगा कार्की
नेकपा एसका निर्वाचित सांसद
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ – मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोबिता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित सांसद
१. बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७. रुपन्देही–३ – दीपक बोहाेरा
जनता समाजवादी पार्टीका निर्वाचित सांसद
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव
६. धनुषा–१ – दीपक कार्की
७. सुनसरी–१ – अशोक राई
लोकतान्त्रिक समाजवादी पार्टीका निर्वाचित सांसद
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४. महोत्तरी–३ – महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसद
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली–२ – अरुणकुमार चौधरी
जनमत पार्टीका निर्वाचित सांसद
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत
राष्ट्रिय जनमोर्चा पार्टीका निर्वाचित सांसद
१. बागलुङ–१ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टीका निर्वाचित सांसद
१. भक्तपुर–१ – प्रेम सुवाल
स्वतन्त्रबाट निर्वाचित सांसद
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट–२ – किरण साह
समानुपातिकतर्फको मतगणना भने जारी छ । भोली मंगलबारसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । समानुपातिकतर्फको मतमा नेकपा एमाले आगाडी रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमसः चेस्रो र चौथो स्थानमा रहेका छन भने अन्य पार्टीहरु त्योभन्दा तल छन् । निर्वाचनमा भागलिएका १० वटा दलले भने पाँच हजार मत पनि कटाएका छैनन् ।
निर्वाचनमा सत्ता गठबन्धन र विपक्षी गठबन्धन भएर प्रतिस्पर्धा गरेका थिए । सत्ता गठबन्धनको नेतृतव नेपाली कांग्रेसले गरेको थियो भने विपक्षी गठबन्धनको नेतृत्व नेकपा एमालेले गरेको थियो । यो निर्वाचनमा कुनै पनि दलले एकल सरकार बनाउने हैसियत बनाएका छैनन् । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस ठूलो दल भएकाले गठबन्धन सरकार बनाउने तयारीमा लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार