चापाकोट ३ मा कसैको पनि छैन बराबर मत, तर कसरी फैलियो अफवाह ?
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:३९:११
१९ मंसिर, वालिङ । विवादका बीच गएको शनिबार स्याङ्जा २ को मतगणना सम्पन्न भएको छ । मतगणनाका क्रममा सबैभन्दा चर्चामा आएको वडा हो चापाकोट नगरपालिकाको वडा नं.३, यो वडामा संघ र प्रदेशका उमेद्वारहरुको मत बराबर आएको भन्दै निक्कै चर्चा भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सो वडामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की उम्मेदवार पद्मा कुमारी अर्यालको १०३ र नेपाली कांग्रेसका धनराज गुरुङको १४२६ मत आएको थियो । यस्तै प्रदेशसभातर्फ एमालेका बुद्धिमान् श्रेष्ठको १४८ र कांग्रेसका महेश भट्टराईको १३७४ मत आएको छ ।
मतगणनाका क्रममा सार्वजनिक भएको विवरणमा कांग्रेसका धनराज र भट्टराईको समान १४२६ र एमालेका पदमा र श्रेष्ठ पनि समान १०३ मत आएको उल्लेख थियो । सामाजिक सञ्जाल र राष्ट्रिय स्तरको मिडियाहरुमा समेत चर्चामा आएको सो वडामा समान मत भने कसैको नआएको पाईएको छ ।
निर्वाचन अधिकृत रामचन्द्र शर्मा भन्छन, ‘सो वडामा बराबर मत कसैको पनि आएको छैन, कसरी बाहिर चर्चामा आयो थाहा भएन ।’ मतगणनामा बसेका दलका प्रतिनिधिहरुले गलत विवरण बाहिर पठाउँदा यस्तो अफवाह फैलिएको हुनसक्ने निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।
सो वडाको मतका बारेमा चर्चा आउना साथ एमालेकी सचिव समेत रहेकी उम्मेदवार पद्मा अर्यालले समेत सामाजिक सञ्जालमार्फत बराबर मत आएको भन्दै स्टाटस लेखेकी थिइन । चापाकोटका ४ वटा बुथकव्जा गरी कांग्रेसले एकलौटी गरेको भन्दै एमालेले पुनःमतदानको माग गर्दै आएको थियो । तर निर्वाचन आयोगले मङ्सिर ४ कै मतदानलाई सदर गर्दै मतगणना गर्न निर्देशन दिए पश्चात मतगणना भएको थियो ।
याे हेर्नुहाेस् मतगणनाकाे आधिकारिक विवरणः-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार