गठबन्धन बैठककाे निष्कर्षः निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपनि गठबन्धनलाई निरन्तरता दिने
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २३:४८:१०
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको सोमबारको बैठक सकिएकाे छ । बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा अपेक्षा गरेअनुसार नतिजा नआएको निष्कर्ष निकालेको छ ।
बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिएको छ । सुरक्षाको बलियो प्रबन्ध गरेको भन्दै सुरक्षा निकालय पनि धन्यवाद दिइएको छ ।
निर्वाचनपछि गठबन्धनकाे याे पहिलाे बैठक हाे । बैठकमा गठबन्धनले नै सरकार बनाउनु पर्नेमा बैठकमा सहभागीहरूले धारणा राखेका थिए । निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपनि गठबन्धनलाई निरन्तरता दिनेमा सबै दल सहमत भएकाे एक नेताले बताए ।
बैठकपछि प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको निष्कर्षसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
मतदाताको भावनाको कदर गर्दै, जनताको र देशको हितमा काम गर्न आगामी दिनमा एकतावद्ध भएको अघि बढ्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले गठबन्धनका सान्दर्भिकता र आवश्यकता पुष्टि गरेको निष्कर्ष निकाल्दै मतदाताको भावनाको कदर गर्दै, जनताको र देशको हितमा काम गर्न आगामी दिनमा एकतावद्ध भएको अघि बढ्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
“निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ”, शीर्ष नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै बैठकले आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै गम्भीर समीक्षाका साथ अघि बढ्ने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ‘एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको बैठकले जनाएको छ ।
निर्वाचनमा सहभागी सम्पूर्ण मतदातालाई आभारसहित धन्यवाद ज्ञापन गर्दै बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सम्पूर्ण सदस्यहरूलाई बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै बैठकले निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागी राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकलगायत सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
जनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने
पुष २८, २०८१ आइतबार
सुनको भाउ तोलामा १६ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
पुष २८, २०८१ आइतबार
साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत नगद लाभांश घोषणा
पुष २८, २०८१ आइतबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार