पुस्तक समीक्षा : इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १९:४०:४६
२० मंसिर, काठमाडौं । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई प्रस्ट देख्न सकिन्छ । अझ भनौँ मुख्य शक्ति राष्ट्रहरुका स्वार्थलाई चुनौती दिँदा, अन्त्यमा देशले कतिसम्मको पीडा खप्नुपर्ने हुनसक्छ र त्यो पनि भूमण्डलीकरणको घुमाउरो चेपमा अप्रत्यक्ष रुपमा कसरी शक्ति राष्ट्रहरुले फसाउँदै लैजान्छन् भन्ने कुरा यस पुस्तकका लेखक प्राध्यापक डा. पुष्प अधिकारीले प्रस्ट पारेको छ ।
राष्ट्रपति गमाल अब्देल नासेरले सुएज क्यानल (बाँध) लाई राष्ट्रियकरण गरेको बदला कसरी शक्ति राष्ट्रहरुले लिए र प्र्रजातन्त्रको नाममा इजिप्टलाई पश्चिम एसियाको मुख्य शक्तिराष्ट्रबाट विकासोन्मुख राष्ट्रको हारमा खसाले ? भन्ने कुरा पुस्तकले विस्तृत रुपमा दिएको छ । पश्चिमा राष्ट्रको लहैलहैमा लाग्दा कसरी राष्ट्रपति अनवर–अल–सादात आफ्नै मुलुकको हितको बेवास्ता गर्न थाल्छन् र पश्चिमा हित पूरा हुन छोडेपछि अन्त्यमा उनको हत्या हुन्छ ? यसको चर्चा पुस्तकमा रहेको छ । सादातकै उपराष्ट्रपति होस्नी मुबारक राष्ट्रपति बनेपछि पश्चिमा खासगरी संयुक्तराज्य अमेरिकाको आडमा ३० वर्ष शासन सम्हाल्छन् । जब उनको पनि उपयोगिता सकिएको भान अमेरिकालाई हुन्छ, कसरी लोकतान्त्रिक आन्दोलनको छद्म आडमा उनलाई पनि विस्थापित गरियो भन्ने कुरा प्रस्ट रुपमा पुस्तकमा पढ्न पाइन्छ ।
अमेरिकाले वर्षौंसम्म इजिप्टमा सहायताका नाममा अर्बौं डलर खन्याएको, र अन्त्यमा त्यसमै इजिप्टको बानी परेपछि सो सहायतालाई मोलमोलाइको मुख्य औजार बनाएर इजिप्टको अर्थतन्त्र धराशयी पारिएको घटनाको बेलिविस्तार पुस्तकमा पाइन्छ । दोस्रो विश्वयुद्धपछि पश्चिम एसियामा विकसित आर्थिक तथा सैनिक शक्तिराष्ट्र इजिप्टसँग मितेरी गाँस्न तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर बारम्बार कायरो पुगिरहन्थे र अमेरिका अनबर–अल–सादातको शासनको पक्षमा नै रहने गरेको तथ्य पुस्तकमा पाइन्छ ।
लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ । खासगरी लोकतन्त्रको अमेरिकी संस्करणमा डुबुल्की मार्न खोज्ने दक्षिण एसियाली राष्ट्रका राजनीतिज्ञ, योजनाविद्, तथा प्राज्ञिक वर्गले यो पुस्तक पढ्नै पर्छ भन्न सकिन्छ । लामो समय पत्रकारिताका विभिन्न क्षेत्रमा परिचित तथा हाल राजनीतिशास्त्रका प्राध्यापक डा पुष्प अधिकारीले यो पुस्तक दश वर्षको अथक परिश्रमबाट तयार पारेको हो जुन मेहनत पुस्तक पढ्दै गर्दा देखिन्छ । लान्सर पब्लिकेसन्स नयाँ दिल्लीले प्रकाशनमा ल्याएको यो पुस्तक अमेजन, फ्लिपकार्ट र लान्सर पब्लिसर्सबाट अनलाइन खरिद गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार