सिरहामा अनुमतिबिनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय माैन
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २०:४८:४९
२० मंसिर, सिरहा । सिरहामा अनुमतिविनाका अस्पताल तथा पोलिक्लिनिकहरु छ्यापछ्पाप्ती खुल्न थालेका छन् । निमयनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौंको संख्यामा अनुमतिविना नै अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएका हुन् ।
स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिविनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएकोे छ । लहान नगरपालिकामा मात्र सयौँको संख्यामा क्लिनि तथा अस्पतालहरु संचालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकलेमात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख मण्डल आफैँले लहान ८ मा संचालन गरेकोे मण्डल क्लिनिकसमेत दर्ताकोे नभएको नाम नखोल्ने सर्तमा एकजना स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेस गर्ने क्लिनिक तथा अस्पतालहरुसँग अवैध रकम लिएर संचालन गर्ने छुट दिएको छ।
गोलबजार नगरपालिमा पनि विनादर्ताको अस्पताल तथा क्लिनिकहरु छ्यापछ्पाप्ती खुलेपनि नियमनकारी निकाय मौन रहेको देखिन्छ। गोबजारको मूख्य बजारक्षेत्र ४ र ६ नम्वर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमितिविनै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरु नियम कानुनविपरीत सञ्चाल भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरु भने मौन सर्मथन गरेझैँ गुमनाम बसेका छन् ।
सम्बन्धित् निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका छन् । गोलबजारमा मात्रै करिब ३ दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिक,र ल्याबहरु सचालनमा रहेको नगर स्वस्थ्य शाखाले जनाएको छ ।
जन स्वास्थ्य सेवा नियामावली अनुसार नवीकरण फेल भएको ३ महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजार क्षेत्रका अस्पतालहरू दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन । जिल्ला बाहिर दर्ता भएपनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरियल अस्पताल प्रालि समेत गोलबजारमा सञ्चालनमा आएको छ ।
स्वास्थ्य शाखा प्रमुख कर्णले क्लिनिकहरु धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेस गरेका र चुनाव तथा जनप्रतिनिधिको व्यस्तका कारण अनुगमन गर्न नसकिएको बताए । उनले भने, ‘हामी योजना बनाउँदै छौं, अव तत्कालै सबै स्वास्थ्य संस्थाहरुको अनुगमन गरी प्रकृयापुगेकाहरुलाई अनुमति दिने र कारबाही गर्ने प्रक्रियामा जान्छौं ।’
जन स्वास्थ्य सेवा नियामावली अनुसार वार्षिक रुपमा नवीकरण फेल भएको ३ महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन । जिल्ला बाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरियल अस्पताल प्रालि समेत गोलबजारमा सञ्चालनमा आएको छ ।
गोलबजार नगर स्वास्थ्य शाखामा नवीकरण्का लागि फाइल पेस गरिएका गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल ,सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भुमिजा हस्पिटलको करिब २ वर्षदेखि नविकरण नै नगरिएको स्वस्थ्य शाखा प्रमुख कर्णले स्वीकारेका छन् । उनले भन्ने, ‘नगरभित्र संचालनमा रहेको १२ वटा स्वास्थ्य संस्थाले फाइल पेस गरेको भए पनि अनुगमन हुन नसकेको बताए ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ ९१० मा कसैले पनि इजाजतपत्र नलिई गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख भएपनि सिरहामा भने कानुनलाई लत्याउँदै सयौँको संख्यामा मापदण्डविपरीत अवैध रुपमा पोलिक्लिनिक, औषधि पसल, अस्पताल, र ल्याबहरु संचालमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार