महाकाली विवादमा भारतलाई पठाइयो कूटनीतिक नोट
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २३:८:२
२० मंसिर, काठमाडौं । सरकारले भारतलाई महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विरोधमा कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार कूटनीतिक नोट पठाएको हो ।
सीमा नदीमाथि भारतले आफूअनुकूल भौतिक संंचरना बनाएको घटनामा सरकार मौन बसेको भन्दै सांसद, राजनीतिक दल तथा सर्वसाधारणले समेत सरकारको आलोचना गरिरहेका बेला मन्त्रालयले कुटनीतिक नोट पठाएको हो ।
परराष्ट्रका ती अधिकारीका अनुसार भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय अनिवार्य हुन पर्ने भनिएको छ । साथै सीमा क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइएको छ ।
महाहकालीमा भारतीय पक्षले नदीको धार परिवर्तन गरी नेपालतर्फ क्षति पुग्ने गरी तारजाली लगाएर तटबन्ध बनाएपछि स्थानीय नेपाल बजारका मानिसहरुले प्रतिवाद गरेका थिए । दुवै पक्षका मानिसहरुबीच ढुंगा हानाहान समेत भएको र केही नेपाली घाइते समेत भएका थिए ।
त्यसको विरोधमा भारतीय पक्षले महाकाली नदीको माथिको सीमा झोलुङगे पुल बन्द गरेर आवतजावत समेत बन्द गरेको थियो । त्यसपछि स्थितिले झनै तनावपूर्ण मोड लिँदै गएको छ ।
परराष्ट्रले निर्माणाधीन तटबन्ध अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको जनाउँदै सहमतिमा मात्र निर्माण कार्य गर्न आग्रह गरिएको परराष्ट्र स्रोतले बतायो । कुटनीतिक वृत्तमा कुटनीतिक नोटलाँई विरोधको रुपमा लिइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार