विष्णु पौडेलको क्षेत्रमा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ बुधबार ०:१४:३४
२० मंसिर, बुटवल । रुपन्देही क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई विजयी घोषणा गरिसकेको छ ।
तर अनियमित तरिकाले निर्वाचित घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको लागि अन्तरिम आदेश माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले मंगलबार रिट निवेदन दायर गरेका हुन् । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ११ दिनपछि पौडेल सर्वोच्च गएका हुन् ।
रिट निवेदक पौडेल विष्णु पौडेलसँग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए । उनले रुपन्देही क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित पौडेलसहित ८ निकायलाई विपक्षी बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
जनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने
पुष २८, २०८१ आइतबार
सुनको भाउ तोलामा १६ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
पुष २८, २०८१ आइतबार
साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत नगद लाभांश घोषणा
पुष २८, २०८१ आइतबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार