टिकापुर घटनालाई राजनीतिक मान्नेहरुसँग सहकार्य हुन्छ : रेशम चौधरी
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २३:४६:३९
२०० मंसिर, काठमाडौं । डिल्ली बजारको जेल सजायँ काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टिकापुर घटनालाई राजनीतिक घटना मान्ने र घटनामा अभियुक्त बनाइएकालाई रिहाइकाे पक्षमा काम गर्ने दलहरुसँग पार्टीले सहकार्य गर्ने बताएका छन् ।
सरकारी स्वामित्वको एक संचारमाध्यमसँग अन्तवार्ता दिँदै संरक्षक चौधरीले कैलालीको टिकापुरमा भएको घटना राजनीतिक भएको र घटनासँग जोडेर लगाइएका सम्पूर्ण मुद्दा खारेज गरी थुनामा रहेका सबैलाई रिहा गर्नुपर्ने बताए ।
हालको संधिवान जारी हुनुपहिले २०७२ भदौ ७ मा कैलाली लगायत जिल्लाका थारु समूदायकेका बाहुल्यता रहेको क्षेत्रका मानिसहरुले थरुहट स्वायत्तताको माग गर्दै चलाइएको आन्दोलनका क्रममा भएको झडपमा प्रहरीका एसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।
सोही घटनामा चौधरीलाई मुख्य योजनाकार रहेको दलिलसहित प्रहरीले चौधरीलगायत दर्जनौं मानिसहरुलाई पक्राउ मुद्दा चलाइएकोमा अदालतबाट दोषी ठहरिई चौधरीसहित थुप्रै व्यक्तिहरु जेलमा छन् । चौधरीलाई सर्वस्वसहित जन्म कैदको सजाय तोकिएको छ । अहिले पनि थुप्रै मानिसहरु तारेखमा छन् ।
चौधरी जेलभित्रै रहेर कैलाली, बाँके र बर्दियालाई केन्द्र बनाई राजनीतिक योजना बनाउँदै राजनीतिक दल खोले । उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले गएको वेशाखमा सम्पन्न स्थानीय तहको चुनावमा भाग लिएर स्थानीय तहको नेतृत्व्मा पुगेका छन् । योपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएर यो पार्टीले ३ सिट प्रतिनिधिसभा र ४ सिट प्रदेशसभा हात परिसकेको छ । समानुपातिकतर्फ पनि उसले उल्लेख्य मात ल्याइ राष्ट्रिय पार्टी बनेको छ । पार्टीका अध्यक्षमा उनकै श्रमिती रञ्जिता चौधरी श्रेष्ठ छिन् ।
जेलभित्रको बास रहेपनि पार्टी संचालन र खटनपटन उनकै तजबिजी चल्छ । रेशमपत्नी एवं नवनिर्वाचित संघीय सांसद रञ्जिताले हालै मात्र नागरिक उन्मुक्ति पार्टीले आगामी दिनमा लिने कार्यक्रमबारे चौधरीसँग सोधेर मात्र तय हुने बताइसकेकी छन् ।
यस्तो अवस्थामा संरक्षक चौधरीले पुनः टिकापुर घटनाको विषयलाई तताएका छन् । निर्वाचनबाट स्थान कायम गरेका मुख्य दलहरु गठबन्धन गरेर नयाँ सरकार गठनको तयारीमा जुटिरहेका बेला जेलमै अन्तर्वार्ता गरेर चौधरीलाई थप चर्चामा ल्याइदिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीलाई टिकापुर घटनाले दुखाएका र घटना पीडितहरुले माया गरेको र पार्टीले घटनाका पीडितहरुको न्यायका लागि आवाज बुलन्द गर्ने दाबी समेत उनले बताएका छन् । संघीय सरकार गठनमा नागरिक उन्मुक्तिको निर्णयक बल नरहने देखिए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा भने निर्णायक शक्तिको रुपमा हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार