महाभियोग निष्क्रिय भएको पत्रपछि चोलेन्द्र सर्वोच्च फर्किने तयारीमा
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १८:२१:४९
२१ मंसिर, काठमाडौं । संघीय संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नियमित काममा सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा लागेका छन् ।
पुरानो संसद्को कार्यकाल सकिएर संसद्मा नयाँ सदस्य निर्वाचित भएसँगै संसदका महासचिव भरतराज गौतमले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएका थिए । दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार नै सर्वोच्च अदालत जाने भएका छन् ।
महाभियोग प्रस्तावबारे जानकारी पाउन जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।
अघिल्लो संसदमा महाभियोग दर्ता भएदेखि नै जबरा निलम्वित अवस्थामा थिए । महाभियोग प्रस्तावमाथिको छलफल अघिल्लो संसदले टुंगोमा पुर्याउन नपाउँदै आमनिर्वाचन सम्पन्न भएको छ ।
संसदले महाभियोगमाथि छलफल गर्न समिति बनाएर दुई हप्ता लामो बयान लिएपनि टुंगोमा नपुर्याउन नसकेर अलपत्र छाड्दा महाभियोग निष्क्रिय हुन पुगेको हो । यद्यपि यसबारे दलहरुले औपचारिक रुपमा केही बोलेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार